१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सेञ्चुरी बैंक र धुलिखेलका होटल तथा रिसोर्टबीच सम्झौता

सेञ्चुरी बैंक धुलिखेल शाखाले धुलिखेलका सुविधा सम्पन्न विभिन्न होटल रिसोर्टबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको छ। बैंकको धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र होटल रिसोर्टका प्रबन्ध सञ्चालक/प्रमुख कार्यकारी अधिकृतले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार बैंकका ग्राहकले धुलिखेल लज रिसोर्ट, धुलिखेल भिलेज रिसोर्ट, होटल सारथी, माउण्ट प्रिन्सेस होटल, धुलिखेल नेचर होम र मिरावेल रिसोर्ट एण्ड होटलबाट सेवा लिएबापत बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्युआर कोडबाट भुक्तानी गर्दा छुट पाउने भएका छन्।

जस अनुसार होटलको फुड एण्ड बेभरेजमा धुलिखेल लज रिसोर्टमा १५ प्रतिशत, धुलिखेल भिलेज रिसोर्टमा १५ प्रतिशत, होटल सारथीमा १५ प्रतिशत, माउण्ट प्रिन्सेस होटलमा २० प्रतिशत, धुलिखेल नेचर होममा १० प्रतिशत र मिरावेल रिसोर्ट एण्ड होटलमा १५ प्रतिशत छुट पाउने भएका छन्।  

प्रकाशित: २३ असार २०७९ ०१:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App