४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

राप्ती सोनारीको ८८ करोड ३१ लाख ४८ हजार बजेट पारित

राप्ती सोनारी गाउँपालिकाको मंगलबार बसेको ११ औं गाउँ सभा। तस्बिर: नागरिक

बाँकेस्थित राप्ती सोनारी गाउँपालिकाको ११औं गाउँसभाले आर्थिक विधेयक र विनियोजन विधेयक २०७९ सर्वसम्मत रुपले पारित गरेको छ। गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलको सभाध्यक्षतामा मंगलबार बसेको सभाले पारित गरेको हो।  

सभामा यही असार १४ गते आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र ८८ करोड ३१ लाख ४८ हजार बजेट प्रस्तुत गरिएको थियो। गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले नीति तथा कार्यक्रम र उपाध्यक्ष मनिषासिंह थारुले बजेट प्रस्तुत गरेका थिए।  

नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पुर्वाधार तथा सामाजिक विकास लगायतलाई उच्च प्राथमिकतामा राखिएको छ। गाउँपालिकाले बादी, थारु, मधेसी लगायत समुदायका लागि पनि लक्षित गरेर कार्यक्रम ल्याएको छ।  

गाउँ सभाले उपाध्यक्ष मनिसासिंह थारुको संयोजकत्वमा न्यायिक समिति गठन गरेको छ। स्थानीय तहका उपप्रमुख न्यायिक समितिको संयोजक हुने कानुनी ब्यवस्था छ। समितिको सदस्यमा शेरबहादुर बिक र सुशीला बिकको नाम सभाले स्वीकृत गरेको छ।  

उक्त सभामा सभाका सदस्य एवम वडा नम्बर ४ का वडाअध्यक्ष मिनराज खड्का, वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेल, वडा नम्बर ७ का अध्यक्ष रामलखन थारु, वडा नम्बर ९ का वडाअध्यक्ष सोहनलाल थारु, वडा नम्बर १ का वडा सदस्य भरत बुढाथोकी लगायतले बोलेका थिए। आर्थिक विधेयक र विनियोजन विधेयक २०७९ पारित तथा न्यायिक समिति गठन भएसँगै ११औं गाउँसभा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए। 

प्रकाशित: २१ असार २०७९ १४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App