४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

एलओडी क्लब विश्‍वकै उत्कृष्ट '१००' क्लबको '५२' औं स्थानमा

ठमेलस्थित एलओडी क्लब 'लर्ड अफ द ड्रिंक्स' विश्‍वकै उत्कृष्ट क्लबमध्ये ५२ औं स्थानमा पर्न सफल भएकाे छ। केही समयअघि क्लब 'डिजे म्याग टप १००' को नोमिनेसनमा परेको थियो।

युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२२ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ५२ औं स्थानमा पर्न सफल भएकाे हो। यसमा पाँच सय क्लब सहभागी भएका थिए। 

डिजे म्यागले हरेक वर्ष विभिन्‍न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ। म्यागमा विश्‍वभरका सय उत्कृष्ट‍ डिजे क्लबको सहभागी रहने गर्छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले केही समयअघि भोट गर्न अपिल गरेको थियो। पहिलोपटक 'एलओडी' सय क्लबको ५२ औं स्थानमा प्रवेश पाएको हो।

एलओडी डिजे म्याग टप १०० को छनौट भएर ५२ औ स्थानमा पर्न सफल भएकोले राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए।

बुधबार क्लबमा आयोजित पत्रकार सम्मेलनमा विश्‍वका सय वटा उत्कृष्‍ट सय क्लबको सयौँ भित्र छनौटमा पर्दा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने रहेछन् भनेर प्रमाणित गर्न सकिएको श्रेष्‍ठको भनाइ छ।

तीन वर्षअघि स्थापना भएको क्लब ९ हजार ६ सय स्क्वायर फिटमा निर्माण भएको छ। एकसाथ २५ सय मानिस अट्न सक्ने क्लबको क्षमता छ। क्लबमा करिब १५० कर्मचारी कार्यरत छन्।

प्रकाशित: १६ असार २०७९ ०६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App