coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

महिला उद्यमी महासघंद्वारा सांस्कृतिक कार्यक्रम आयोजना

महिला उद्यमी महासघंले सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। ‘शान्ति  र सद्भावका लागि संगीत’ नामक उक्त कार्यक्रम पाटनदरबार क्षेत्रमा सुकर्म व्याण्डसगँको सहकार्यमा आयोजना गरिएको हो। 

अपाङ्गगता भएका महिलाहरूलाई उद्यमशीलता विकासमा सहयोग पुर्‍याउनका लागि कोष संकलन गर्ने उद्देश्य लिई कार्यक्रम गरेको संघले बताएको छ। संघले संकलित  रकमबाट काठमाडौँ जिल्ला भित्र अपाङ्गगता भएका २९ जना महिला र पुरुषहरूलाई उद्यमशीलता विकासमा थप नेतृत्व गर्न सक्ने बनाउन आधारभूत आईटी सम्बन्धी तालिमको व्यवस्था गरेको जनाएको छ।  

नेपालभरिका उद्यमी महिलाहरूको प्रतिनिधि संस्थाको रूपमा  रहेको यस संस्थाले आफ्नो स्थापना कालदेखि नै महिलाहरूलाई आर्थिक रूपमा सशक्तिक रणको क्षेत्रमा पैरवी, सञ्जालहरूको विस्ता र, सूचनाको प्रवाह, क्षमता अभिवृद्धि, व्यावसायिक परामर्शका साथै महिला उद्यमीहरूका आवश्यकता  र चुनौतीहरू पूरा गर्न देशभ रिका महिला उद्यमीहरूका लागि व्यावसायिक विकास तथा प्रवर्द्धनमा समावेशी तवरले विभिन्न कार्यहरू गर्दै आइरहेको जनाएको छ।

प्रकाशित: १४ असार २०७९ ०७:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App