७ वैशाख २०८१ शुक्रबार
अर्थ

महिन्द्राको अल न्यू स्कर्पियो–एन सार्वजनिक

महिन्द्राले यससँगै नयाँ लोगो पनि सार्वजनिक गरेको छ

एसयुभी सेग्मेन्टको अग्रणी महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले नेपालमा एसयुभी, ‘अल–न्यू स्कर्पियो–एन’ सार्वजनिक गरेको छ। राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा यो गाडि सार्वजनिक गरिएको हो।  

कम्पनीका अनुसार अल–न्यू स्कर्पियो–एनलाई हेड–टर्निङ डिजाइन, कमाण्डिङ ड्राइभिङ पोजिसन र भित्री साज सज्जा सहित पुनर्परिभाषित गरि डी–सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको हो।  

कम्पनीको एसयुभी पोर्टफोलियोलाई फरक तुल्याउन नयाँ लोगो राखिएको छ।  

यो गाडि इटालीको पिनिनफेरिना र महिन्द्रा इन्डिया डिजाइन स्टुडियो मुम्बईमा डिजाइन गरिएको हो। संयुक्त राज्य अमेरिकाको महिन्द्रानर्थ अमेरिकन टेक्निकल सेन्टर (एमआरभी) र चेन्नईमा विशेषज्ञ टिमद्वारा इन्जिनियरिङ गरिएको एवं पुणेमा बनाइएको हो। एम एन्ड एम लिमिटेड, अटोमोटिभ डिभिजन भारतका अध्यक्ष विजय नाकराले भारतसँगै दक्षिण अफ्रिका र नेपालमा यो गाडि एकैसाथ सार्वजनिक गरिएको जानकारी दिए। उनका अनुसार यो नयाँ ‘ट्विनपिक्स लोगो’ बोक्ने पहिलो एसयूभी हो।

यस्तै अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले अग्निमोटर्सले महिन्द्रासँगको सम्बन्ध तीन दशकभन्दा लामो भएको बताए। उनका अनुसार स्कर्पियो ब्राण्डले गत दुई दशकमा नेपालमा प्रतिष्ठित ब्राण्डको रूपमा आफूलाई स्थापित गरेको छ। यो गाडिमा १४९.१४ किलोवाट (२०० पीएस) शक्ति र ३८० एनएम टेर्क उत्पादन क्षमता छ। यसमो टीजीडीआई एमस्टालियन (पेट्रोल) इन्जिन छ र १२८.६ किलोवाट (१७५ पीएस) शक्ति र ४०० एनएम टकको एमहक (डीजल) इन्जिनयुक्त छ। दुवै म्यानुअल र अटोमेटिक ६ स्पिड ट्रान्समिसन र फोरव्हील ड्राइभ विकल्पसहित छ।

महिन्द्रा ग्रुप सन् १९४५ मा स्थापना गरिएको कम्पनी हो। महिन्द्राग्रुप १ सय भन्दा बढी देशमा रहेको कम्पनी हो। महिन्द्रा विश्वकै सबैभन्दा ठूलो ट्रयाक्टर कम्पनी हो। नवीकरणीय ऊजा, कृषि, बन्दोबस्ती (लजिस्टिक), आतिथ्य र रियल इस्टेटमा यसको बलियो उपस्थिति छ। 

प्रकाशित: १४ असार २०७९ ०४:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App