१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ग्लोबलको महिला स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंकले निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ। बैंकले ‘ग्लोबल आइएमई स्वस्थ नारी पहल अभियान’ अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका विभिन्न ६ स्थानमा उक्त स्वास्थ्य शिविरको आयोजना गरेको हो।

बैंकले पश्चिम रुकुमको मुसीकोट नगरपालिका–७ स्थित साँख स्वास्थ्यचौकी, सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१६ स्थित सानीलेख स्वास्थ्यचौकी, बैतडीको पञ्चेश्वर गाँउपालिका–५ स्थित गिरेगाडा स्वास्थ्य चौकी, डोटीको पूर्वीचौकी गाँउपालिकास्थित सानागाँउ स्वास्थ्यचौकी, दार्चुलाको महाकाली नगरपालिका–७ स्थित धाप स्वास्थ्यचौकी र दैलेखको नारायण नगरपालिका–५ स्थित त्रिवेणी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर आयोजना गरेको जनाएको छ।

बैंकद्वारा आयोजित स्वास्थ्य शिविरमा स्त्रीरोग विशेषज्ञहरूले ७ सय ५७ महिलाहरूलाई स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराएको थियो। 

प्रकाशित: १३ असार २०७९ ०१:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App