१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

घोराही उपमहानगरको बजेट २ अर्ब ३२ करोड

दाङस्थित घोराही उपमहानगरपालिकाले २ अर्ब ३२ करोड बढी बजेट ल्याएको छ। नयाँ आर्थिक वर्षका लागि यो उपमहानगरले २ अर्ब ३२ करोड ९० लाख ९१ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको हो। 

यो बजेट चालु आर्थिक वर्षको भन्दा १२ करोड रुपैयाँ बढी हो। चालु आर्थिक वर्षका लागि यो उपमहानगरले  २ अर्ब २० करोड २८ लाख ७८ हजार रुपैयाँ बजेट ल्याएको थियो। नयाँ आर्थिक बर्षका लागि विनियोजन गरिएको बजेट अन्तर्गत चालुतर्फ १ अर्ब २५ करोड ४१ लख १ हजार रुपैयाँ छुट्याईएको छ। जुन कुल बजेटको ५३.८५ प्रतिसत हो। 

यसैगरि पुँजीगततर्फ १ अर्ब ७ करोड ४९ लाख १० हजार छ। यो कुल बजेटको ४६.१५ प्रतिशत हो। उपमहानगरले विनियोजन गरेको बजेट ७४ करोड २ लाख रुपैयाँ संघीय सरकारबाट ससर्त अनुदान प्राप्त हुने छ। यसैगरि प्रदेश सरकारबाट ५ करोड ४० लाख रुपैयाँ सशर्त अनुदान मार्फत प्राप्त हुने छ।

प्रकाशित: १० असार २०७९ १२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App