१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जनकपुर पुग्यो रामायण सर्किट जोड्ने 'भारत गौरव पर्यटक रेल'

नेपाल-भारत रामायण सर्किट जोड्ने 'भारत गौरव पर्यटक रेल' आज जनकपुरधाम आइपुगेको छ। दिउँसो १ः३० मिनेटमा जनकपुरधामाको रेल्वे स्टेसनमा पुगेको हो। सो रेलमा ६ सय भारतीय पर्यटक सवार रहेको छ।

भारती पर्यटकहरूलाई मधेस प्रदेशको मुख्यमन्त्री लालबाबु राउत, उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाको मेयर मनोज साह र  जानकी मन्दिरका सह महन्त रामरोशन दास लगायतले स्टेशनमा तीर्थ यात्रीलाई गम्छा, फूलमाला लगाएर स्वागत गरेका थिए।

मंगलबार भारतका रेलमन्त्री र पर्यटनमन्त्रीले संयुक्तरुपमा नयाँ दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाएर उद्घाटन गरेपछि  रेल जनकपुरधामको लागि प्रस्थान गरेको थियो। रेल्वे स्टेशनबाट यात्रीहरु अहिले जनकपुरका विभिन्न होटेलमा गएको छ। होटेलमा केहिबेर आराम गरेपछि उनीहरू ६ बजे महागंगा आरतीमा सहभागी हुने जनाइएको छ।

गंगा आरती सम्पन्न भएपछि त्यहाँबाट उनीहरु जानकी मन्दिर पुग्ने छन्। जानकी मन्दिरको प्रांगणमा साँझ मिथिलाको कला संस्कृति झल्किने रात्री सांस्कृतिक कार्यक्रम आयोजन गरिएको छ। केही घण्टाको सांस्कृतिक कार्यक्रम सकेपछि उनीहरु बसेको होटेलमा फर्किने छन्। शुक्रबार बिहान जनकपुरको विभिन्न मठ मन्दिर दर्शन गरेपछि धनुषाधाम मन्दिर पुग्ने कार्यक्रम रहेको छ।

धनुषामाधामबाट फर्केपछि तीर्थयात्रीहरु भिठामोड हुँदै सीतामढी पुग्नेछन्। यो भ्रमण १८ दिनको हुनेछ। खाना र बस्न गरी प्रत्येक यात्रुलाई ६२ हजार ३७० भारतीय रुपैयाँ तिर्नुपरेको छ। भारतीय रेल्वे कम्पनीका एक अधिकारले बताए। उनका अनुसार यो 'भारत गौरव पर्यटक रेल' नाम दिएको रेलमा जुनसुकै देशको यात्रुले भ्रमण गर्न सकिन्छ।

प्रकाशित: ९ असार २०७९ १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App