१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

सेटिङ्गमा उपभोक्ता समिति

नारायण नगरपालिका –६ गणेश चौकमा कृषि उपज केन्द्र बनाउन सेटिङ्गमा उपभोक्ता समिति गठन गरिएको छ। कृषि उपज केन्द्र बनाउनका लागि नगरपालिकाका जनप्रतिनिधिहरुले आम भेला नगराई सेटिङ्गमा उपभोक्ता समिति गठन गरेका हुन्।  

  टोलमा भेला, सुचना नगरेर जनप्रतिनिधिको आदेशमा सुटुक्क उपभोक्ता समिति गराएर सम्झौता गरेको भन्दै स्थानीयहरुले विरोध गरेका छन्। स्थानीयहरुको संलग्न नभई असारमा कामभन्दा पनि पैसा सक्नका लागि हचुवाको भरमा प्रकृया नपुराई सेटिङ्गमा उपभोक्ता समिति गठन गरेपछि स्थानीयहरुले विरोध गरेका हुन्।  

 नारायण नगरपालिकाको बजेटमा ६ नम्वर वडा कार्यालय मार्फत २५ लाख रुपैयाँ सक्नका लागि असार पहिलो हप्ता उपभोक्ता समिति बनाई सम्झौता गरिएको हो। असार दोस्रो हप्ता लाग्दा समेत काम सुरु हुन सकेको छैन्। ५ वटा सटरमा कृषि उपज विक्रि वितरण केन्द्र बनाउन वडा कार्यालयले सम्झौता गरेको हो। कृषि सामाग्री केन्द्रको जग्गामा जिल्ला कृषि विकास कार्यालयले भाडाँमा लिएर कृषि उपज (विक्रि वितरण) केन्द्र बनाउन सुटुक्क उपभोक्ता समिति गठन गरिएको हो। सुटुक्क बनेको उपभोक्ता समितिको अध्यक्षमा शेरबहादुर बढुवाल, कोषाध्यक्ष विष्णु विष्ट र सचिवमा हरि थापा रहेका छन्।  

टोल समाजलाई खवर नै नगरेर उपभोक्ता समिति बनेको गणेश चौकमा गणेश टोल विकास संस्थाका उपाध्यक्ष रत्न चन्दले बताए। ‘टोलमा विकास हुनु राम्रो कुरा हो।’ टोल विकास समितिका उपाध्यक्ष  चन्दले भने, गोप्य रुपमा असारमा समिति बन्नुले पैसो खाने मेसो हो।’  

उपभोक्ता समिति गठन गर्नका लागि टोल विकाससंग सल्लाह भएको र टोलका सबैसँग समिति गठन गर्न अनुरोध गर्दा उपभोक्ता समिति बनाउन पहल नभएकोले टोलका सक्रियहरु सहभागी भएर समिति बनेर आएपछि सम्झौता गरिएको नारायण नगरपालिका–६ का वडाअध्यक्ष जनक प्रसाद न्यौपानेले बताए। वडामा आएको रकम फ्रिज नफाली कृषि उपज केन्द्रको काम गर्ने गरि समिति बनेको समितिका सचिव हरि थापाले बताए।

प्रकाशित: ८ असार २०७९ ११:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App