१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

करिब ५७ लाखसम्म संरक्षित पुँजी फिर्ता

राष्ट्रिय सहकारी बैंकका एउटै सदस्यले करिब ५७ लाख रूपैयाँसम्म संरक्षित पुँजी फिर्ता कोषबापतको रकम प्राप्त गरेका छन्। बुधबार बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरूले पाउने रकमको बाँडफाँट कार्य गरेसँगै एउटै सदस्यले करिब ५७ लाख रकम प्राप्त गरेको हो।

सहकारी ऐन २०७४ तथा नियमावली २०७५ को प्रावधानअनुरूप बैंकले सदस्य संघ/संस्थाले जम्मा गरेको बचत रकमका लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा कुल १७ करोड ७१ लाख ७४ हजार २ सय १९ रूपैयाँ ५७ पैसा संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँट गरेको हो।

संरक्षित पुँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सम्बन्धित सदस्य सहकारी संघ/संस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए।

उनका अनुसार बचत र कर्जा कारोबार गर्ने १३ हजार ७ सय १२ सहकारी संघ/संस्थाको संरक्षित पुँजी फिर्ता कोषबाट लाभान्वित भएका छन्। बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचततर्फ ५६ लाख ५२ हजार तथा कर्जातर्फ १३ लाख ७८ हजारसम्म प्राप्त गरेकोे प्रमुख कार्यकारी अधिकृत गुरागाईंले बताए।

सहकारी ऐन २०७४ तथा नियमावली २०७५ ले गरेको व्यवस्थापछि सहकारीहरूको केन्द्रीय निकायमध्ये निरन्तर संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरूलाई रकम बाँडफाँट गर्ने बैंक पहिलो हो। सहकारीका अन्य केन्द्रीय निकायले सेयरको आधारमा वितरण गरे पनि बैंकले बचत र कर्जा कारोबारको आधारमा वितरण गर्दै आएको जनाएको छ।

प्रकाशित: ३ असार २०७९ ००:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App