coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

करको दर परिर्वतन गर्दा राष्ट्रघात गरेको छैन: अर्थमन्त्री शर्मा

प्रतिनिधि सभामा अर्थमन्त्री जनार्दन शर्माले आफूले करको दर परिर्वतन गर्दा राष्ट्रघात नगरेको दाबी गरेका छन्।

बिहीबार प्रतिनिधि सभामा सांसदहरुले उठाएको मन्त्रालय सम्बन्धीप्रश्नको जवाफदिँदै मन्त्री शर्माले करको दर परिर्वतन गर्दा कुनै किसिमको राष्ट्रघात नगरेको बताएका हुन्। उनले राजश्वका दरहरु परिवर्तन गर्ने आवश्यकप्रक्रियाअनुसार सम्बन्धित विभागीय प्रमुखहरु र सचिवसहितको कमिटीबीच छलफल गरेरै निर्धारण गरेको बताए। 

मन्त्री शर्माले राजश्वका दर परिर्वतन गर्ने प्रचलन अनुसार परिर्वतन गरेका दररेटहरु प्रति आफू पूर्ण जिम्मेवार र जवाफदेही रहेको बताए। उनले देशको डलरको सञ्चिति,आयात ,उत्पादन र  औद्योगिक वातावरण लाई कसरी अगाडि बढाउने भन्ने विषयलाई समेत ध्यानमा राखेर करका दरहरु परिर्वतन गरेको दाबी गरे। 

मन्त्री शर्माले करका दर परिर्वतनगर्दा कुनै पनि मान्छेभित्र नपसेको दाबी स्पष्ट पारे। अर्थमन्त्रीशर्माले कोरोना बीमा बापत पाउने रकम भुक्तानीको लागि बीमा कम्पनीहरुसँग छलफल भइरहेको बताए।  छलफल अनुसार छिटै रकम भुक्तानी दिने प्रक्रियाको तयारी गरिरहेको बताए

प्रकाशित: २ असार २०७९ ०९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App