१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सिंचाई विकास कार्यक्रम: तनहुँमा एउटा पनि योजना सुरु भएन, गोरखामा १० मध्ये दुईवटा निर्माण हुँदै

गोरखा स्थित आयोजना कार्यालय।

एकीकृत उर्जा तथा सिंचाई बिकास कार्यक्रमको एउटा पनि योजना चालु वर्ष तनहुँ जिल्लामा संचालन हुन सकेन। गोरखा स्थित पालुङटार कुन्दुरटार सिंचाई योजनाले गोरखामा १० मध्ये दुई वटा मात्रै निर्माण सुरु गरेको छ भने ८ वटा योजना सुरु नै हुन सकेन।  

करिब साढे दुई करोड रुपैयाँ यस वर्ष खर्च भएन। गोरखामा आठ वटा योजनाका लागि आएको दुई करोड १५ लाख र तनहुँमा पाँच वटा सिंचाई योजनाका लागि आएको ३२ लाख रुपैयाँ खर्च हुन नसकेको हो।  

‘योजना अनुसार बजेट छैन, तयारी पुरा भएका केही योजना सुरु भए भने अन्य योजना सुरु हुन सकेन’ आयोजना कार्यालयका प्रमुख दिनेश आचार्यले भने। कार्यालयले गण्डकी गाउँपालिका ७ मा चुरिनटार भोट्टार लिफ्ट सिंचाइ योजना र वडा नम्बर ८ मा बालटार नयाँ गाउँ लिफ्ट सिंचाई योजना संचालन गरेको छ। वडा नम्बर ७ को चुरिनटार सिंचाई योजना असार मसान्त सम्म सक्नुपर्छ। योजना स्थलमा केही सामग्री ढुवानी गरेपनि जिवी मेटल वक्र्सले समयमै काम सक्ने छाँटकाँट नदेखिएको आयोजना कार्यालयले जनाएको छ।  

सुर्य रोसनी कन्ट्रक्सनले जिम्मा लिएका बालटार योजना ७० लाखको हो। ‘यहाँ ८० प्रतिशत काम सकिएको छ, असार भित्रै सकिन्छ’ आयोजना प्रमुख आचार्यले भने। दश मध्ये काम सुरु भएको यो दुईवटा सिंचाई आयोजना मात्रै हो।  

गोरखा नगरपालिका १३ को मझुवा लिफ्ट सिंचाई योजना गत वर्ष टेण्डर भयो। ८० लाखको उक्त योजना टेण्डर भएर पनि प्राविधिक समस्याका कारण रद्ध भयो। अहिले सम्म पुन टेण्डर हुन सकेको छैन। गोनपा १३ र १ ४ को याङकोट सिम्लेफाँट लिफ्ट सिंचाई योजनाका लागि ४० लाख, सिम्लेफाँट लिफ्ट सिंचाई योजना गोनपा १३ का लागि ४० लाख बिनियोजन भएको थियो। यो दुबै योजना सुरु भएको छैन।  

अजिरकोट गाउँपालिका ३ को बुद्धसिंहटार लिफ्ट सिंचाई योजनाका लागि १० लाख, भिमसेन थापा ४ को बुर्लुङखोला लिफ्ट सिंचाई योजनाका लागि १० लाख, बारपाक सुलिकोट ३ को नलिनटार लिफ्ट सिंचाई योजनाका लागि बिनियोजना भएको १५ लाख खर्च हुन सकेन। यस्तै भिमसेन थापा गाउँपालिका ५ को अमलगैरा लिफ्ट सिंचाई योजना ५ लाख र गोरखा नगरपालिका ५ को थर्पु लिफ्ट सिंचाई योजनाको १५ लाख यो वर्ष खर्च भएन।  

तनहुँको रिसिङ गाउँपालिका वडा नम्बर ४को पिपलटार लिफ्ट सिंचाई योजना, ३ को मधुवनटार लिफ्ट सिंचाई योजना संचालन हुन सकेन। घिरिङ गाउँपालिका ४ को करुवाटार लिफ्ट सिंचाई योजना र सोही वडाको गडेउलीटार लिफ्ट सिंचाई योजना, भिमाद ५ को तातोपानी लिफ्ट सिंचाई योजना सुरु भएन। तनहुँ जिल्लामा चालु वर्ष एकिकृत उर्जा तथा सिंचाई बिकास कार्यक्रम अन्र्तगतका यी पाँचवटा योजना एउटा पनि सुरु नभएको आयोजना कार्यालयका प्रमुख दिनेश आचार्यले बताए।  

यी योजना दुईवटा एक लाख र तीनवटा १० लाखको रहेको उनले बताए। ‘कतिपय बजेट अभाव छ, अधिकासंमा पुग्ने बजेट नहुँदा काम सुरु गर्नै समस्या भयो’ उनले भने। गोरखा स्थित पालुङटार कुन्दुरटार सिंचाई आयोजना कार्यालयले एकिकृत उर्जा तथा सिंचाई विषेश कार्यक्रम अन्र्तगत तनहुँ र गोरखामा काम गर्दै आएको छ। नदी नियन्त्रणको कार्यक्रम भने लमजुङ, गोरखा र मनाङमा पनि संचालनमा छ। 

प्रकाशित: २ असार २०७९ ०६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App