coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लुम्बिनी प्रदेश: राज्यमन्त्री वलीका कारण बजेट भाषण केही बेर रोकियो

रेखा भुसाल बुटवल,असार १ लुम्बिनी प्रदेश सभामा प्रतिपक्ष दल नेकपा एमालले प्रदेशका स्वास्थ्य राज्यमन्त्री बिमला वलीको बारेमा सरकारकातर्फबाट स्पष्ट धारणा नआएका भन्दै सदन चल्न नदिएपछि बैठक केहीबेरकालागि स्थगित भएको छ। 

बजेट प्रस्तुत गर्न आज ४ बजेकालागि बोलाइएको प्रदेश सभा बैठकमा सुरुमै एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वलीले महिला तथा बालबालिकामाथि र्दुव्यवहार गरेको घटनाका सम्बन्धमा सरकारको धारणा स्पष्ट नआउँदासम्म बैठक चल्न नदिने बताएका हुन्। 

त्यस लगत्तै सभामुख पूर्णबहादुर घर्तीले घटनाका सम्बन्धमा सरकारको धारणा सार्वजनिक गर्न निर्देशन दिँदै बैठक २५ मिनेटकालागि स्थगित भएको घोषणा गरे।आजको बैठकमा आर्थिक बर्ष २०७९/०८० बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।

प्रकाशित: १ असार २०७९ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App