२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

समता शैक्षिक गुठीलाई हिमालयन डिष्टिलरीको सहयोग

हिमालयन डिष्टिलरीले आव २०७७/०७८ मा शिक्षा क्षेत्रका लागि छुट्याएको रकम मध्येबाट समता शैक्षिक गुठीलाई २५ लाख सहयोग प्रदान गरेको छ। डिष्टिलरीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायका शैक्षिक, स्वास्थ्य, खेलकुद, लैंगिक समानता, वातावरण जस्ता सामुदायिक क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको छ।

समता शैक्षिक गुठीलाई डिष्टिलरीको सञ्चालक समितिका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहले कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थितिमा गुठीका संस्थापक उत्तम कुमार सञ्जेल र निर्देशक दिनेश सञ्जेललाई २५ लाखको चेक हस्तान्तरण गरेको हो।

समता शैक्षिक गुठीद्वारा अधिराज्यभर ८४ वटा विद्यालयहरू सञ्चालन गरेको छ। जसमा कक्षा १ देखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिएका छन् र करिब ७० हजार विद्यार्थीहरू लाभान्वित भएको दाबी गुठीको रहेको छ। गुठीले प्रति विद्यार्थी प्रति महिना १ सय मात्र शैक्षिक शुल्क लिएर समुदायका विपन्न वर्ग, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका सन्तान, अनाथ तथा सडक बालबालिकालाई अध्यापन गराइरहेको छ।

प्रकाशित: २५ जेष्ठ २०७९ ०५:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App