१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

लक्ष्मी बैंकको ग्रीन बचत खाता फेरि सुरु

५० औं विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरणमैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ’ पुनः सञ्चालनमा ल्याएको छ।

डिजिटल प्रणाली अन्तर्गत अनलाइन खाता खोल्ने सेवा, भिडियो-केवाइसी र डिजिटल बैंकिङ जस्ता सेवाहरूको सम्मिश्रणले सो खाता पूर्णरूपमा कागजविहीन रहेको बैंकले बताएको छ। लक्ष्मी बैंकको ‘एक खाता, एक रुख’ को प्रतिवद्धता अनुरूप ‘गो ग्रीन’ अभियानमा सहयोग पुग्ने गरी प्रत्येक ग्रीन सेभिङ खाताको बापत बैंकले एउटा रुख रोप्ने जनाएको छ।

यसका साथै ग्रीन सेभिङ खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरण लगायत दिगो विकास लक्ष्यहरू अन्तर्गत पर्ने क्षेत्रहरू र गतिविधिहरूमा कर्जा प्रवाह गर्न उपयोग गरिने बताएको छ।

यो पहल मार्फत लक्ष्मी बैंकले आफ्नो ‘ओरेन्ज लभ्स ग्रीन’ को दिगो प्रतिबद्धतालाई निरन्तरता दिने छ भने ग्राहकहरूलाई डिजिटल बैंकिङ माध्यमहरू अपनाइ ग्रीन बैंकिङतर्फ प्रोत्साहन गर्नका लागि लक्ष्मी बैंकले विभिन्न अफरहरू पनि ल्याएको छ।

प्रकाशित: २४ जेष्ठ २०७९ ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App