१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

मे महिनादेखि ओप्पोह्याक २०२२

मानिस र प्रविधिबीच सहज अन्तरसम्बन्ध स्थापित गर्ने लक्ष्य बोकेर ओप्पो र ह्याकहबको सहकार्यमा ओप्पोह्याक २०२२ आयोजना गरिने भएको छ।

अन्तर्राष्ट्रिय ह्याकाथन ओप्पोह्याक २०२२ ले प्रविधि प्रेमी तथा नवप्रवर्तकहरूको समाजलाई एकत्रित गर्दै सुदृढ दृश्यांकन, कम्प्युटरिङ र निर्वाध क्रस–डिभाइस कनेक्सनका माध्यमबाट विश्वका वास्तविक समस्याको निवारण खोज्ने लक्ष्य बोकेको कम्पनीले जनाएको छ। ओप्पोह्याक २०२२ मार्फत कलरओएससम्बन्धी थप नयाँ जनाकारीहरू समेत उपलब्ध गराइने भएको छ।

ओप्पोह्याकले आगामी दिनमा १२ विश्वविद्यालयहरू, २० इन्क्युबेटरहरू र विश्वभरका ५०० भन्दा बढी व्यक्तिहरूसँग जोडिएर अन्तर सम्बन्धित समस्याहरू समाधान गर्न सहकार्य र प्रतिस्पर्धा गर्ने बताएको छ।

४०,००० डलर बराबरको कुल नगद पुरस्कारका अतिरिक्त ओप्पोह्याकले ह्याकाथनका २ राउण्डसहित हाइब्रिड मोड प्रतियोगिता पनि ल्याएको जनाएको छ। ह्याकाथनको प्रारम्भिक राउण्ड दुई सह–होस्ट शहरहरूमा अफलाइन हुनेछ र अनलाइन सहभागिता पनि स्वीकार गरिनेछ।

दर्ता भएपछि व्यक्तिगत वा भर्चुअल रूपमा सहभागि भएका सह–होस्ट ह्याकाथनहरूमध्येबाट एउटालाई छनौट गर्नुपर्नेछ। फाइनल राउण्ड सबै प्रमुख स्ट्रिमिङ प्लेटफर्महरूमा प्रत्यक्ष प्रसारण हुनेछ। आधिकारिक दर्ताका लागि २३ मे २०२२ देखि खोलिसकिएको हुँदा ओपोह्याकमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ। 

प्रकाशित: २३ जेष्ठ २०७९ ०९:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App