१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

राष्ट्रिय खाद्य प्रयोगशालाको स्थापना

रक्सौलको बिहारमा राष्ट्रिय खाद्य प्रयोगशालाको स्थापना भएको छ। भारतीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री डा. मनसुख मण्डावियाले उक्त प्रयोगशालाको उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको उपस्थिति रहेको थियो।

भारतीय खाद्य सुरक्षा एवम् मानक प्राधिकरणद्वारा रक्सौलमा स्थापित खाद्य प्रयोगशाला भारत प्रवेश गर्ने खाद्यान्न नमुनाहरूको परीक्षण गर्नका लागि उन्नत सुविधा र पूर्वाधारहरूले सुसज्जित आधुनिक प्रयोगशाला हो। यस प्रयोगशालाले नेपालको खाद्यान्न  कृषि निर्यातको नमुना परीक्षणमा लाग्ने समयको बचत गरी भारत र नेपालबीचको द्विपक्षीय व्यापार बढाउन सहयोग गर्नेछ। हाल यी नमुनाहरूको परीक्षणका लागि दिल्ली वा कोलकाता पठाउनुपर्ने अवस्था रहेको छ।

लामो समयदेखि नेपाली व्यापारीहरूले रक्सौलमा स्तरोन्नत खाद्य प्रयोगशाला निर्माणका लागि अनुरोध गर्दै आएका थिए। यो खाद्य प्रयोगशालाको निर्माणलाई ‘छिमेकी पहिलो’ नीति अनुरूप नेपालसँग कनेक्टिभिटी, व्यापार तथा सीमा पूर्वाधार सुधार गर्ने भारतीय प्रतिबद्घताको अर्को प्रतिबिम्बको रूपमा हेरिएको छ।

प्रकाशित: २३ जेष्ठ २०७९ ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App