२५ कार्तिक २०८१ आइतबार
image/svg+xml
अर्थ

होटलमा प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा रोक

होटल एशोसिएशन नेपाल (हान) का उपाध्यक्ष विनायक शाहले जलवायु परिवर्तनको असरलाई कम गर्न होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग रोकेको बताएका छन्। हानले यही जेठ १८ गतेबाट होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग बन्द गर्ने अभियान सञ्चलन गरेको थियो।

जलवायु परिवर्तनमा सबैभन्दा धेरै असर प्लाष्टिकको कारण भएको भन्दै शनिबार उनले प्रदूषण घटाउने, क्लाइमेट चेन्जको असरलाई कम गराउँदै जाने लक्ष्यका साथ यो अभियान थालेको बताए। उपाध्यक्ष शाहले जेठ १८ गतेबाट ‘नो टू प्लाष्टिक’ भन्ने नारासहित अभियान सञ्चालन गरेको बताए।

उनले २०२४ सम्ममा होटलमा आउनेहरुलाई प्लाष्टिकजन्य वस्तु बेगर सेवा दिने काम सफल गर्ने लक्ष्य रहेको बताए। उपाध्यक्ष शाहले प्लाष्टिक भन्दा प्राकृतिक कुराहरु केही मात्रामा महंगो भएपनि यसले धेरै फाइदा गर्ने बताए। उनले ग्राहकलाई न्यूनतम हुने गरेर होटलका कोठामा प्राकृतिक कुराहरुको प्रयोगमा जोड दिने बताए।

उनले प्लाष्टिक फ्रि सामानहरु पनि टेस्टेड, क्वालिटी सर्टिफिकेशन भएको हुने बताए। प्लाष्टिकजन्य पदार्थको अत्याधिक प्रयोगका कारण पर्यटकीय गन्तव्य तथा हिमालीय क्षेत्रहरुमा जलवायु परिवर्तनको असर अत्याधिक बढेको छ। 

प्रकाशित: २१ जेष्ठ २०७९ ०८:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App