१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

कपिलवस्तुको सौराहादेखि मर्यादपुरसम्म साढे १५ करोड लागतमा पक्की सडक निर्माण हुँदै

कपिलवस्तुको यशोधरा गाउँपालिकादेखि कपिलवस्तुको सौराहासम्म साढे १५ करोड रुपैयाँ लागतमा पक्की बाटो निर्माण सुरु भएको छ। मर्यादपुर, सुल्तनवापुर, बेलासपुर, सिहोखोर, सौरहा, गोटिहवा, कोपवामा १५ करोड ५५ लाख ९३ हजार लागतको सडकको शिलान्यास गरिएको हो।

प्रतिनिधि सभा सदस्य बृजेशकुमार गुप्ताले पूजापाठ गरी शिलान्यास गरेका  हुन्। सडक निर्माण भएपछि यस क्षेत्रको स्थानीयलाई आवत जावत गर्न धेरै सजिलो हुने प्रतिनिधि सभा सदस्य गुप्ताले बताए। कपिलवस्तु नगरपालिकाको वडा नंं १२, ५ र यशोधरा गाउँपालिकाको वडा नं. ५, ७ र ८ का वासीले प्रत्यक्ष लाभ लिन सकिने उनले बताए। ‘यो सडक निर्माण भएपछि यहाँका जनतालाई तौलिहवा सदरमुकाम जान सजिलो हुन्छ,’ उनले भने। सो सडक ८ दशमलव ४६६ किलो मिटर लम्बाई र चौडाई सोल्जरसहित साढे ७ मिटरको हुनेछ। उक्त सडक संघीय सरकारको बजेट अन्तर्गत निर्माण हुन लागेको हो।

सो अवसरमा यशोधरा गाउँपालिका प्रमुख शिवदयाल तिवारीले यस पालिकामा ठूलो लागतमा बन्न लागेको पक्की सडकले यशोरधा गाउँपालिको मुहरा फेरिने बताए। उनले सडह संजाल साझै भारतीय सीमासंग जोडिएपछि आर्थिक कारोवार समेत बढ्ने उनले बताए। स्थानीयको सहयोग भयो भने सम्झौता अवधिभन्दा पहिले सम्पन्न हुने सडक डिभिजन कार्यालय शिवपुरको इञ्जिनियर निशा बेल्बासेले बताइन्। सो सडक निर्माणको म्याद २ वर्ष रहेको उनले बताइन्।

सडक निर्माणमा अक्सफाल्ट कंक्रिट, नाला, होमपाइप, कर्ल्भट लगायतका कार्य गरिने कष्यप महेश सत्यवति जेविका प्रबन्ध निर्देशक किसन आचार्यले बताए। मौसमले साथ दियो भने यो सडक एक वर्षमै सम्पन्न गरिने उनले बताए।

प्रकाशित: १९ जेष्ठ २०७९ १०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App