४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

चितवनबाट दैनिक १ लाख ७४ हजार ८ सय लिटर दूध निर्यात

चितवनबाट दैनिक १ लाख७४ हजार ८ सय लिटर दूध निर्यात हुने गरेको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विकास केन्द्र चितवनका अनुसार,जिल्लामा उत्पादित दूधको ५५ प्रतिशत बाहिरी जिल्ला जाने गरेको हो।

जिल्लामा ३ लाख १७ हजार ८२३ लिटर दूध दैनिक उत्पादन हुने गरेको छ। यहाँबाट काठमाडाैं, बुटवल, पोखरा, हेटौँडा लगायतका ठाउँमा दूध जाने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विकास केन्द्रका पशु चिकित्सक डा.रामचन्द्र आचार्याले जानकारी दिए। चितवनलाई तीन वर्षअघि दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको थियो। 

वार्षिक प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यक पर्ने भए पनि जिल्लामा प्रति व्यक्ति १७६ लिटर उपलब्ध रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। जिल्लामा गाई र भैसी गरी १ लाख ६५ हजार ८३० वटा रहेका छन्। ९२ हजार ९ सय ९७ गाई र ७२ हजार ८ सय ३३  भैंसी रहेको आचार्यले जानकारी दिए।  चितवन दूधमा अत्मनिर्भर बनाउनका लागि सरकारले अनुदानमा प्राथमिकता दिँदै आएको छ। 

कार्यालयका प्राविधिक दिपचन्द्र घिमिरेकाअनुसार, वाग्मती प्रदेशका १३ जिल्लामध्ये ५० प्रतिशत दूधको अनुदानको रकम चितवनमा पाउने गरेको छन्। ‘बाग्मतीका जिल्ला मध्ये दूधमाअनुदान बढी पाउने जिल्ला चितवन हो।,’ उनले भने, ‘दूधमा दिईने बजेटको अनुदान मध्ये आधा चितवनमा नै आउँछ।’

कार्यालयले गाईभैंसीको प्रर्वद्धन, घाँसबालीको क्षेत्र विस्तार तथा गाठ निर्माण गर्न १ करोड ८५ हजार रुपैयाँ बराबरको बजेट समेत विनियोजन गरेको छ। पशुपन्छी तथा मत्स्यपालनमा प्रयोग हुने यन्त्र तथा उपकरण विवरणमा ३०, जैविक सुरक्षासहितको खोर, गोठ निर्माणमा ४० लाख, घाँसेवाली श्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रममा ४ लाख, घाँसेबाली क्षेत्र विस्तार कार्यक्रममा ७ लाख १६ हजार, क्षेत्रफल आधारमा घाँस उत्पादनमा प्रोत्साहन कार्यक्रममा ७ लाख ५० हजार रुपैयाँ कार्यालयले बजेट विनियोजन गरेको छ। त्यस्तै भैंसी पर्वद्धन कार्यक्रममा १५ लाख गाई पर्वद्धनमा १५ लाख, साना कृषक लक्षित गाई भैसीको पर्वद्धनमा ३५ लाख र मझौला कृषक लक्षित गाईभैंसी पर्वद्धन कार्यक्रममा ३२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।  

यसैबीच भेटेरिनरी अस्पताल तथा पशु सेवा विकास केन्द्र चितवनले चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडसँगको सहकार्यमा बुधबार विश्व दूध दिवस मनाएको छ। भरतपुर अस्पतालमा उपचाररत बिरामी र बहिरंग सेवा लिन आएका सेवाग्राही गरी ८०० जनालाई दूध खुवाएर दिवस मनाइएको केन्द्रका प्रमुख एवम् वरिष्ठ पशु विकास अधिकृत सुशील केसीले जानकारी दिए।  

भरतपुर अस्पतालका विरामी तथा उनीहरुका आफन्तलाई १५० लिटर दूध खुवाईएको छ।  त्यस बाहेक पनि मानव सेवा आश्रममा ४० लिटर र योगी नरहरिनाथ प्राकृतिक चिकित्सालय बागेश्वरीमा ४० लिटर दूध वितरण गरेको केसीले बताए।  

त्यस बाहरेक वागेश्वरीमा रहेको गौ संरक्षण केन्द्रमा समेत एक ट्याक्टर घाँस उपलब्ध गराइएको छ। ५० हजार रूपैयाँ सरकारी बजेटमा उक्त कार्यक्रमआयोजना गरिएको कार्यालयले जनाएको छ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेले समाजमा दूधको प्रयोगबारे अझै पनि ज्ञानको आवश्यकता रहेको बताए। चितवनका दुग्ध किसानले पाउनु पर्ने अनुदानको कार्यावन्यन अझै पनि भै नसकेको बताए।

प्रकाशित: १९ जेष्ठ २०७९ ०४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App