२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

जोन्टा क्लबको वार्षिक साधारणसभा सम्पन्न

जोन्टा क्लब अफ काठमाडौंको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। जोन्टा क्लब विश्वका ६७ देशमा फैलिएको गैरनाफामूलक संस्था हो।

क्लबले नेपालमा विगत नौ वर्षदेखि स्वाथ्य, शिक्षा, मानवअधिकार, समानता र आर्थिक सशक्तिकरण, बालविवाह, मानव बेचबिखन, लैङ्गिक हिंसा र विभेद लगायत विभिन्न क्षेत्रमा काम गरिरहेको जनाएको छ।

कार्यक्रममा क्लबका निवर्तमान प्रेसिडेन्ट सीमा गोल्छाले आफ्नो कार्यकाल सकिएकाले नयाँ प्रेसिडेन्ट चयन गर्दै आभा शाहलाई कार्यभार हस्तान्तरण गरेकी थिइन्। कार्यक्रममा नयाँ प्रेसिडेन्ट शाहले आफूले मन, वचन र कर्मले जोन्टाको सेवा गर्नुका साथै नेपाली महिलाका हक हित, अधिकार, शिक्षा, रोजगार र आर्थिक सशक्तिकरणमा कटिबद्ध भएर लाग्ने बताइन्।

प्रकाशित: १९ जेष्ठ २०७९ ०१:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App