१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

बजेटपछि पनि नेप्से उच्च अंकले गिरावट

आगामी आर्थिक वर्ष २०७९/०८० बजेट भाषणपछि पनि शेयर बजार मापक नेप्सेमा उच्च अंकले गिरावट आएको छ। बजेटपछि तथा साताको पहिलो कारोवार सोमवार नेप्से परिसूचक ४५.०९ अंकले घटेर २१७८.६९ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.८४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६६ अंकले घटेको छ। 

सोमवार कारोबारमा आएका  २२७ कम्पनीको ३ लाख ५६ हजार कित्ता शेयर १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। सोमवार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.२२ प्रतिशत घटेको छ। त्यस्तै, विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन,  निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले  घटेका छन्।

नेप्से परिसूचक गिरावट आएपनि  बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।  उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.२३ प्रतिशत बढेको छ। यता १ वर्षपछि कारोबारमा आएको नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ज्योती लाईफ इन्स्योरेन्स र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को शेयरमूल्य ७ प्रतिशत भन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा ४ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। 

अरुण भ्याली हाइड्रोपावर, हिमालयन डिष्टिलरी  ४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित: १६ जेष्ठ २०७९ १३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App