४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

आयात कडाइको प्रभाव राजस्व असुलीमा

१० महिनामा ३४ अर्ब ३२ करोड संकलन

विराटनगर भन्सार कार्यालयले ३४ अर्ब ३२ करोड रुपैयाँ राजस्व असुली गरेको छ। विराटनगर भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा विराटनगर भन्सार कार्यालयले ३४ अर्ब ३२ करोड ९२ लाख ७७ हजार रुपैयाँ राजस्व असुली गरेको हो।  

भन्सार कार्यालयको तथ्याँक अनुसार चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको ८३.३९ प्रतिशत मात्रै राजस्व असुली गर्न विराटनगर भन्सार कार्यालय सफल भएको छ। चालु आर्थिक वर्षको १० महिनाका लागि विराटनगर भन्सारको लक्ष्य ४१ अर्ब १६ करोड ५५ लाख रुपैयाँ तोकिएकोमा विराटनगर भन्सार कार्यालयले करिब ७ अर्ब रुपैयाँ कम राजस्व असुली गरेको छ। विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन महिना देखि नै लक्ष्य अनुसार राजस्व संकलन गर्न सकिरहेको थिएन। पछिल्ला महिनाहरूमा भने आयातमा कडाइ गर्ने सरकारी नीतिलेसमेत राजस्व असुली थप  प्रभावित बनाएको छ। कार्यालयको तथ्याँक अनुसार साउन महिनामा ९६.५६ प्रतिशत राजस्व संकलन गरेको विराटनगर भन्सार कार्यालयले बैशाखमा आइपुग्दा लक्ष्यको ६६ .२२ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ।  

चालु आर्थिक वर्षको साउन महिनामा विराटनगर भन्सार कार्यालयले ३ अर्ब ४६ करोड ९१ लाख ६१ हजार रुपैयाँको लक्ष्य पाएकोमा ३ अर्ब ३४ करोड ९६ लाख ९८ हजार रुपैयाँ मात्रै राजस्व असुली गरेको छ। भदौ महिनामा ४ अर्ब १६ करोड ८ लाख ८१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएकोमा ३ अर्ब ८६ करोड ९७ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। असोज महिनामा ४ अर्ब ९ करोड ४७ लाख २८ हजार लक्ष्य तोकिएकोमा ३ अर्ब ७९ करोड २४ लाख १९ हजार  रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। यस्तै कात्तिक महिनामा ४ अर्ब २३ करोड २३ लाख २५ हजार रुपैयाँ लक्ष्य तोकिएकोमा ३ अर्ब ५६ करोड ५ लाख १२ हजार रुपैयाँ मात्रै राजस्व असुली गरेको छ। मंसिरमा विराटनगर भन्सार कार्यालयलाई ४ अर्ब १७ करोड ५६ लाख ३६ हजार रुपैयाँ लक्ष्य तोकिएकोमा ३ अर्ब ९४ करोड ४० लाख ७४ हजार रुपैयाँ मात्रै राजस्व संकलन  गरेको छ ।  

यस्तै पुस महिनामा  ४ अर्ब ३० करोड ५ लाख ६८ हजार रुपैयाँ राजस्वको लक्ष्य पाएकोमा विराटनगर कार्यालयले ३ अर्ब २७ करोड ६१ लाख ७० हजार रुपैयाँ मात्रै राजस्व असुली गरेको छ। माघ महिनामा विराटनगर भन्सारले ४ अर्ब ४४ लाख ५३ हजार रुपैयाँ लक्ष्य पाएकोमा ३ अर्ब ५ करोड १५ लाख ६६ हजार रुपैयाँ राजस्व असुली गरेको छ। फागुन महिनामा ४ अर्ब १६ करोड २२ लाख ६२ हजार रुपैयाँ लक्ष्य तोकिएकोमा ३ अर्ब ४० करोड २९ लाख ६० हजार रुपैयाँ मात्रै असुली भएको छ। चैत महिनामा ३ अर्ब ३२ करोड ५२ लाख राजस्व लक्ष्य तोकिएकोमा ३ अर्ब २७ करोड ४४ लाख ७९ हजार रुपैयाँ असुली गरेको छ। बैशाख महिनामा ४ अर्ब २४ करोड २ लाख ९९ हजार रुपैयाँ तोकिएकोमा २ अर्ब ८० करोड ७५ लाख ९१ हजार रुपैयाँ संकलन गरेको विराटनगर भन्सार कार्यालयको तथ्याँकमा उल्लेख छ।  

विराटनगर नाकाबाट मोटरसाईकल, पेट्रोलियम पदार्थ, तयारी कपडा, पोलिथिन दाना, एलपी ग्याँस, स्ट्रिल वायर रड, एसएम विलेट, सुर्यमुखिको कच्चा तेल, भटमासको कच्चा तेल, पामको कच्चातेल लगायतका बस्तुहरू धेरै मात्रामा आयात हुने गरेका छन्। यस्तै भटमासको प्रशोधित तेल, प्रशोधित पाम तेल, जुटबाट वुनिएका कपडा,सेन्थेटिक यार्न, कपडा, जुटको बोरालगायतका बस्तुहरू निर्यात हुने गरेका छन्।

प्रकाशित: १३ जेष्ठ २०७९ १३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App