७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

मूल्यवृद्धि फिर्ता गरी पहिलेकै ठाउँमा ल्याउनुपर्छः सिपी गजुरेल

देशभक्त जनगणतान्त्रिक मोर्चाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै मोर्चाका अध्यक्ष सिपी गजुरेलले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका हुन्।

पटक–पटक गरिएको मूल्यवृद्धिले जनता मारमा परेको भन्दै उनले यसबीचमा गरिएको सम्पूर्ण मूल्यवृद्धि फिर्ता गरी पहिलेकै ठाउँमा ल्याउनुपर्ने माग गरे। अन्तर्राष्ट्रिय रुपमा बढेको मूल्यवृद्धिले मात्रै नभइ सरकारले विभिन्न करहरु जोडेका कारण मूल्यवृद्धि भएको उनले बताए। अध्यक्ष गजुरेलले मूल्यवृद्धि फिर्ता गरी जनतालाई राहत दिइनुपर्ने बताए।

उनले स्थानीय तह निर्वाचन मार्फत् जनताले बास्तविक लोकतन्त्रको अनुभूति गर्न नसकेको बताए। कतिपय ठाउँमा आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्दा कारबाही गरिनुले लोकतन्त्र नभई दलतन्त्र भएको उनले प्रष्ट्याए।

अध्यक्ष गजुरेलले निर्वाचनमार्फत् जनताले विकल्प खोजेको बताएए। जनताले पुराना पार्टी र नेताहरुलाई विश्वास नगरेका कारण स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका उनले बताए। जनताले पुराना पार्टी र तिनका नेतृत्वको विकल्प खोजेको उनले बताए।

उनले स्थानीय तह निर्वाचनमा परिवारतन्त्र हाबी भएको टिप्पणी गरे। देशभक्त जनगणतान्त्रिक मोर्चाले बढ्दो महंगी नियन्त्रण गर्न र एमसीसी लगायतका सम्पूर्ण राष्ट्रघाती सन्धी, सम्झौताहरु खारेज गर्न पनि माग गरेको छ।

प्रकाशित: ११ जेष्ठ २०७९ ११:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App