१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कोहलपुरमा रोजगार बैंक खुल्ने

पदभार ग्रहणपछि निर्णयमा हस्ताक्षर गर्दै नगर प्रमुख पूर्णप्रसाद आचार्य। तस्बिरः नागरिक

कोहलपुर नगरपालिकामा रोजगार बैंक/श्रम बैंकको स्थापनाको पहल थालिएको छ। सोमबार पदभार ग्रहण गर्दैगर्दा नवनिर्वाचित नगर प्रमुख (मेयर) पूर्णप्रसाद आचार्यले रोजगार बैंक/श्रम बैंकको स्थापना गर्ने निर्णयमा हस्ताक्षर गरेपछि उक्त बैंक स्थापनाका लागि पहल सुरु भएको हो।

रोजगार बैंक/श्रम बैंकको स्थापनापछि यहाँका बेरोजगारहरुलाई रोजगारीका लागि सहज हुने अपेक्षा गरिएको छ। यसलाई व्यवस्थित गरेर अगाडि लगिनु नवनिर्वाचित नगर प्रमुख पूर्णप्रसाद आचार्यले जनाए। ‘यहाँका बेरोजगारलाई रोजगारी दिनुछ,’ उनले भने, ‘कसैलाई पनि साँझबिहान के खाउ भन्ने नहोस्।’ नपढेकालाई श्रम बैंकमार्फत रोजगारी सिर्जना गरिने उनको भनाइ छ। कोहलपुरमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत लुम्बिनीभन्दा पूर्वका नागरिकको बसोबास छ। उच्च शिक्षा हासिल गरेका समेत बेरोजगार बस्नु पर्दा उनीहरु बिदेशिनु पर्ने बाध्यता छ। यसले केही आशा पलाएको कोहलपुरका नागरिकको भनाइ छ। ‘रोजगारी नहुँदा जेठो छोरालाई विदेश पठाएको छुँ,’ कोहलपुर–६ का पृथ्वीबहादुर न्यौपानेले भने, ‘अब अरु सन्तालनलाई विदेश पठाउनु नपरोस्। नगरको रोजगार÷श्रम बैंकले केही आशा पलाएको छ।’

कोहलपुर नगरपालिकाका निर्वाचित नगर प्रमुख आचार्यले पदभार लगत्तै उक्त निर्णयसहित सातवटा निर्णयमा हस्ताक्षर गरेका छन्। नगरपालिकामा टोल फ्रि नम्बर सञ्चालन गर्ने, सीधा कुरा मेयरसँग कार्यक्रम, रोजगार बैंक/श्रम बैंकको स्थापना, छात्रवृत्तिका लागि क्याम्पससँग सहकार्य, पूर्वाधार विकासका साथै आर्थिक विकासमा समेत टेवा पुर्‍याउने गरी आर्थिक अवस्था विश्लेषण गरी ६ महिनाभित्र प्रतिवेदन तयार गर्नेलगायतका निर्णयमा उनले हस्ताक्षर गरेका छन्।

प्रकाशित: १० जेष्ठ २०७९ १२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App