३ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

मुलुकमा औद्योगिक क्रान्ति गर्न नसक्दा अर्थतन्त्रले चुनौती भोग्नु पर्‍योः अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले मुलुकमा औद्योगिक क्रान्ति गर्न नसक्दा अर्थतन्त्रले चुनौती भोग्नु परेको बताएका छन्।

सोमबार नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको ‘मेक इन नेपाल’ स्वदेशी समिट २०२२’सम्मेलनमा बोल्दै उनले विश्वका अन्य देखिले तीन वटा क्षेत्रमा क्रान्ति गर्दा समेत नेपालले औद्योगिक क्रान्ति पूरा गर्न नसेकेको बताए।

अध्यक्ष अग्रवालले पछिल्लो समय मुलुक विदेशी मुद्रा सञ्चितिको दबाबमा रहेको बताए। उनले उद्योगी तथा व्यवसायीहरुले उद्योगमा लगानी गर्न खोज्दा समेत पुँजी अभावको समस्या भोग्नु परेको बताए। अग्रवालले लगानी गर्ने पुँजी समेत नपाउँदा निजी क्षेत्रको मनोबल कमजोर भएको बताए।

अध्यक्ष अग्रवालले नेपालमा आन्तरिक र बाह्य लगानी प्रवर्द्धनको नीति निर्माताको सोच नियन्त्रणमुखी होइन नभएर खुला र सहजीकरण गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताए। उनले त्यस्तो नीति भएमा देशमा दीगो आर्थिक विकासको आधार तयार गर्ने सकिने बताए।

प्रकाशित: ९ जेष्ठ २०७९ ०८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App