२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपाली बजारमा दुई नयाँ मोडलका महिन्द्राको ट्याक्टर

महिन्द्रा कम्पनीले नयाँ मोडलका २  वटा ट्याक्टर बजारमा ल्याएको छ। महिन्द्रा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता अग्नि ग्रपले आइतबार विराटनगरमा एक कार्यक्रमकाबीच नयाँ मोडलका ट्याक्टर बिक्रीवितरण थालेको छ।  

३ सिलिण्डर बाटर कुल्ड इन्जिन, १९ प्रतिशत ब्याकअप टर्क र उच्च ग्राउण्ड क्लियरेन्सलगायतको विशेषताका साथ ‘एसपी प्लस’ ट्याक्टर बजारमा भिœयाएको हो। महिन्द्राको ‘२७५ डिआइ टियु एसपी प्लस’ र ‘५७५ डिआइ एसपी प्लस’ ट्याक्टर सार्वजनिक गरिएको छ। नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा अग्नि ग्रुपका ब्राण्ड एम्बेसेडरसमेत रहेको पारस खड्काले २ वटा मोडलका ट्याक्र सार्वजनिक गरेका हुन्।  

किसानहरुको माग बमोजिम नयाँ भेरिएन्ट र उच्च विशेषताका साथ महिन्द्राको २ वटा नयाँ मोडलका ट्याक्टर नेपाली बजारमा ल्याएको अग्नि ग्रुपका प्रदेश १ प्रमुख प्रभासमान शाक्यले बताए। उनले ग्राहकहरुको सुझावलाई दृृष्टिगत गर्दै प्राविधिक विशेषतामा आवश्यक सुधारका साथ नेपालमै पहिलो पटक विराटनगरमा नयाँ मोडलका ट्याक्टरको बिक्रीवितरण सुरु गरेको जानकारी दिए।  

कृषि आधुनिकीकरणका साथै कृषकहरुलाई ढुवानी कार्यमा समेत सहजता थप्न महिन्द्राको यी दुई भेरिएन्टले निकै सहयोग पुर्‍याउने अग्नि ग्रुप विराटनगरका बजार व्यवस्थापन प्रमुख प्रशान्त खाकीले बताए। ६ वर्षे वारेन्टी अफरका साथ बजारमा उपलब्ध उक्त दुई भेरिएन्टले कृषि उत्पादकत्व बढाउन अग्रणी भूमिका निर्वाह गर्ने उनले जानकारी दिए।

प्रकाशित: ८ जेष्ठ २०७९ १४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App