१० माघ २०८१ बिहीबार
image/svg+xml
अर्थ

चिया उत्पादनमा गिरावट

इलाम- हरियो पत्ती उत्पादनको प्रमुख 'रेनी सिजन' बितिसक्दा समेत यसबर्ष इलाममा चिया उत्पादन किसानको अपेक्षाअनुरुप हुन सकेको छैन। धेरै पानी परेर हरियो पत्ती उत्पादन राम्रो हुने अपेक्षा गरेका किसान अपेक्षाअनुरुप पत्ती नपलाएपछि चिन्तित छन्।चियाका बोटबाट मुना कम पलाउ"दा चिया किसान निरास् देखिन्छन्। यो सिजन चियाबाट धेरैभन्दा धेरै हरियो पत्ती हात पार्ने सिजन हो। उत्पादन घटेकाले कूल तयारी चियाको उत्पादनमा पनि उसैगरी ह्रास आउने चिया उद्योगीको अनुमान छ। इलाममा बार्षिक ३५ लाख किलो हाराहारीमा तयारी अर्थोडक्स चिया उत्पादन हुने गरेको छ। गत आर्थिक बर्ष २०७१/०७२ को रेनी सिजनमा दैनिक ५०/६० किलो हरियो पत्ति उत्पादन हु"दै आएकोमा अहिले १५/२० किलो मात्र उत्पादन हुने गरेको सा"खेजुङका किसान समीर राई बताउ"छन्। हरियो पत्ती धेरै उत्पादन हुने 'रेनी सिजन' मनसुन अवधिभर अर्थात् सामान्यत असारदेखि भदौभर रहन्छ। यो सिजनमा हरियो पत्तीको टिपाई हप्तामा एक दिन अनिबार्य भएपनि एक टिपाई गर्न झण्डै दुई साता पर्खनुपर्ने किसान वताउछन्। एकपटक टिपेपछि मुना पलाउन समय लाग्ने गरेेको छ। बिगतका बर्षमा भने टिपाई कहिले नलम्बिने गरेको किसानको अनुभव छ।

'जीविकोपार्जनको मुख्य माध्यम बनेको चियाको उत्पादन बर्षेनी अन्यौलमा पर्दै गएपछि समस्यमा छौं,' कन्यामका चिया किसान डम्वर कटुवाल भन्छन्, 'एकातिर मूल्यमा गिरावट कायमै छ भने उत्पादनले पनि ठगेको छ।' चियाको हरियो पत्ती उत्पादन घट्ने वैज्ञानिक कारण कसैले नबताइरहेको अवस्थामा आ–आफ्नै किसिमले अड्कलवाजी गर्दै समयलाई दोष दिने धेरै छन्।

धेरै चिया कृषक र वगान रहेको जिल्लाका पूर्वी गाविसमा पनि चियाको मुना नपलाएको र मूल्य कम भएका कारण किसानमा उत्साह घटेको छ। सूर्योदय नगरपालिकास्थित आइतवारेको इलाम टि प्रोड्युसर्स प्रालिमा गएको वर्षभन्दा आधा नै कम चिया प्रशोधनका लागि आउने गरेको छ। अघिल्ला वर्षहरुमा यो सिजनमा उत्पादन धेरै भएर कारखानाले आलोपालो मात्रै हरियो पत्ती किन्थ्यो।

इलाम टि जस्तै जिल्लाका दुई दर्जन ठूला चिया कारखानाले हरियो पत्ती उत्पादन कम भएकै कारण यस बर्ष क्षमताअनुसार चिया खरिद गर्न सकेका छैनन्। प्रशोधन क्षमता दैनिक औसत १०/१५ हजार किलो भएका कारखानाले ८० प्रतिशत हाराहारी मात्र हरियो पत्ती खरिद गर्न सकिरहेका छन्। एकाएक उत्पादन घटेपछि जिल्लाका साना ठूला चिया कारखानामा पनि प्रशोधन घटेको हो।

यही सिजनमा गत बर्ष नौ सय किलो जति हरियो पत्ति कारखानामा आउने गरे पनि यो बर्ष पा"च सय किलो मात्र आइरहेको सा"खेजुङस्थित ग्रीनहिल अर्थोडक्स चिया प्रशोधन कारखानाका सञ्चालक टंक दहाल बताउंछन्। कारखानाको प्रशोधन क्षमता भने दैनिक १५ सय किलो छ। किसानको बगानमा हरियो पत्ती नै कम उत्पादन भएकाले कारखाना क्षमताअनुसार नचलेका हुन्।

हरियो पत्तिको उत्पादन घट्दा किसान मात्र हैन कारखाना सञ्चालक पनि चिन्तित छन्। कारखानामा सोचेजति पत्ति नआएपछि तयारी चिया उत्पादन र निकासीमा समस्या पर्ने उद्योगी बताउंछन्। उत्पादन घटेस"गै तयारी चियाको बजार पनि खस्केको छ। जिल्लामा उत्पादित तयारी चियाको मुख्य बजार भारतको कोलकत्ता हो। थोरै मात्रामा मात्र चिया तेस्रो मुलुक निकासी हुन्छ।

किसानको निजी लगानीमा खुलेका साना चिया कारखानाले ब्ल्याक, ग्रीन, ह्वाइट र गोल्डेन टि को उत्पादन गर्दै आएका छन्। ठूला कारखानाले भने व्ल्याक टि धेरै बनाउछन्। 'बैशाख १२ र २९ को बिनासकारी भूकम्पसंगै नेपालमा राजनैतिक आन्दोलनबाट भइरहेको बन्द, हडतालबाट समयमा बजारसम्म तयारी चिया पुर्याउन नसकिएकाले पनि बजार खस्कदै गएको हो,' केन्द्रिय चिया सहकारी संघका अध्यक्ष गोविन्द दहाल भन्छन्, 'अस्थिरता अन्त्य भए मात्र चिया उद्योगले गति लिन्छ।'

उद्योगीका अनुसार पा"च वर्षयताकै कम मूल्यमा कोलकात्तामा चिया बिक्री गर्नुपरेको छ। जसको प्रत्यक्ष असर किसानलाई छ। कारखानाहरुले बजार राम्रो नभएको भन्दै मूल्य घटाएका छन्। 'एकातिर उत्पादन घटेको छ भने तयारी चियाको मूल्य पनि उत्साहजनक छैन,' सा"खेजुङस्थित हिमालयन सा"ग्रिलाका म्यानेजर आरसी नेपाल भन्छन्, 'अघिल्लो वर्ष दैनिक एक हजार किलोसम्म तयारी चिया उत्पादन हुने गरेकोमा अहिले दैनिक पा"च/छ सय केजीमात्र उत्पादन हुदै आएको छ।'

प्रकाशित: १८ भाद्र २०७२ २१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App