१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

जुत्ता-चप्पल मेलामा बढ्यो चहलपहल

सस्तो आरामदायी र टिकाउ भएका कारण पछिल्लो समय नेपालमा स्वदेशी जुत्ता चप्पलहरू ग्राहकहरूको रोजाइमा पर्न थालेको छ।

यही वैशाख १५ गतेदेखि भृकुटीमण्डपमा जारी जुत्ताचप्पल व्यापार प्रवर्द्धन मेला २०७९ मा नेपाली ग्राहकहरूको दैनिक भीड लाग्ने गरेको छ। स्थानीय तह निर्वाचनले केही दिन प्रभावित बनाएको व्यापार मेलामा चुनाव सकिए लगत्तै ग्राहकहरू बढ्न थालेका छन्।

मेलामा भेटिएका ग्राहक अनिल खड्का र निराजन भण्डारीले नेपाली जुत्ता सस्तो र लामो समयसम्म टिक्ने भएका कारण आफूहरूलाई मनपर्ने बताए। नेपालमा सबै वर्गका लागि ब्राण्डेडदेखि सामान्य जुत्ता चप्पल उत्पादन हुने भएको कारण नेपाली कम्पनीको जुत्ताचप्पल नै प्रयोग गर्दै आइरहेको उनीहरूको भनाइ छ।

सामान्य दिनमा दैनिक १५ लाख रूपैयाँ बराबरको कारोबार भइरहेको व्यापार मेलामा हालसम्म करिब एक लाख २५ हजारभन्दा बढी ग्राहक आइसकेको फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष एवम् मेला संयोजक सुरज बन्जाडेले नागरिकलाई बताए। आफ्नो उत्पादनलाई ब्राण्डिङ गर्ने र स्टक क्लियरिङ गर्ने उद्देश्यले मेलामा सहभागी भएको विएफ डियर हिलका डाइरेक्टर सुजन उपाध्यायले ग्राहकहरूले समर, स्कुल, स्र्पोट्स जुत्ता रुचाएको बताए। 

प्रकाशित: ६ जेष्ठ २०७९ ०४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App