१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कान्तिबाल अस्पतालमा चौधरी फाउण्डेसनको सहयोग

 चौधरी फाउण्डेसनले काठमाडौंको कान्तिबाल अस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ निर्माण गरी हस्तान्तरण गरेको छ।

अस्पतालमा बुधबार आयोजित कार्यक्रममा राज्यमन्त्री उमेश श्रेष्ठले उक्त कक्षको उद्घाटन गरे। राज्यमन्त्री श्रेष्ठले चौधरी ग्रुपले सर्वसाधारण नागरिकका सन्ततिले उपचार सेवा पाउने अस्पताललाई सहयोग गरेकोमा धन्यवाद दिंदै आगामी दिनमा पनि यस्तो सहयोग जारी रहने अपेक्षा आफूले राखेको बताए। फाउण्डेसनले १४ शैयाको इमरजेन्सी वार्ड विस्तार गरी २५ शैयाको निर्माण गरेको छ। फाउण्डेसनका महासचिव सारिका देवी चौधरीले अहिले विस्तार गरिएको आकस्मिक कक्षले बाल बालिकाको उपचारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले अस्पतालका निर्देशक प्रा डा युवनिधि बसौलालाई वार्ड हस्तान्तरण गरेका थिए। उपाध्यक्ष चौधरीले मुलुककै जेठो बाल अस्पतालको पूर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा आफूलाई सन्तोष लागेको बताए। चौधरीले आउँदा दिनमा अस्पतालको सेवाविस्तारमा थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

यसका लागि चौधरी फाउण्डेसनले करिब २ करोड ५० लाख रूपैयाँ खर्च गरेको छ। फाउण्डेसनले इमर्जेन्सी वार्डको पुनर्संरचना गर्दै १८ अत्याधुनिक विद्युतीय शैयासहित २५ शैया, २५ मनिटर, २५ इन्फ्युजन पम्प, २५ सिरिञ्ज पम्प, १४ रेडियन्ट वार्मर, ५ बबलसिप्याप मेसिन, २ इमरजेन्सी ट्रली, २ फोटोथेरापी युनिट, २ लिक्युड वामर, इसिजी मेसिन, पोर्टेबल कलर डोप्लर, हाइड्रोलिक सर्जिकल टेबल, ट्रान्सपोर्ट इन्क्युवेटर लगायतका सामग्री पनि उपलब्ध गराएको छ।

प्रकाशित: ५ जेष्ठ २०७९ ०३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App