१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल र भारतबीच ६ बुँदे सम्झौता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सोमबार भएको एक दिने नेपाल भ्रमणका क्रममा नेपाल र भारत बीच ६ बुँदे सम्झौता भएको छ।  

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीको उपस्थितीमा ६ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। भारतको विदेश मन्त्रालयद्धारा सार्वजनिक गरिएको विज्ञप्ति अनुसार निम्न बुँदामा सम्झौता गरिएको छ।  

१ नम्बरमा बौद्ध दर्शन अध्ययनकालागि डा. अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद (आइसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालय बीच सम्झौता भएको छ।

२ भारतीय सांस्कृतिक सम्बन्ध परिषद(आईसीसीआर) र नेपाल तथा एसियाली अध्ययन केन्द्र तथा त्रिभुवन विश्वविद्यालय बीच भारतीय अध्ययनको आइसीसीआर चेयर स्थापना गर्ने सम्झौता भएको छ।  

३ भारतीय सांस्कृतिक सम्बन्ध परिषद (आइसीसीआर) र काठमाडौं विश्वबिद्यालयबीच भारतीय अध्ययनको आइसीसीआर चेयर स्थापना गर्ने सम्झौता भएको छ।

४ काठमाडौं विश्वविद्यालय र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आइआइटीएम) बिच सहयोग सम्झौता भएको छ।  

५ नेपालको काठमाडौं विश्वबिद्यालय र भारतको इन्डियन इन्स्टिच्युट आफ टेक्नोलोजी मद्रास (आइआइटीएम) भारतबीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम संचालन गरिने।  

६ अरुण चौथो आयोजनाको विकास र कार्यान्वयनकालागि सतजुल जलबिद्युत लिमिटेड र नेपाल बिद्युत प्राधिकरण (एनइए) बीच सम्झौता भएको छ।

प्रकाशित: २ जेष्ठ २०७९ १७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App