१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

यमाहाको रेजेडआर १२५ बजारमा

यमाहाको स्कुटर रेजेड आर १२५ स्ट्रिट र्‍याली भर्सन स्मार्ट एक्स कनेक्ट फिचरसहित नेपाली बजारमा प्रवेश गरेको छ। नेपालका लागि यमाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा वैशाख १५ देखि २१ सम्म आयोजित महा एक्सचेञ्ज मेलाको अवसर पारी स्कुटर सार्वजनिक गरेको हो।

स्मार्ट कनेक्ट एक्स अन्तर्गत चालकले सहजै आफ्नो स्कुटर लोकेट गर्न, राइडिङ हिस्ट्री मार्फत् स्कुटरसँग गरिएको प्रत्येक यात्राको विवरण हेर्न, हजार्ड फिचर मार्फत् आकस्मिक अवस्थाका बेला स्कुटरको चारै वटा इन्डिकेटर बाली अन्य चालकहरूलाई सूचित गर्न लगायतका फिचरहरू रहेका छन्।

स्मार्ट कनेक्ट एक्स फिचर सुरु गर्न एन्ड्रोइड फोन प्रयोग गर्ने चालकले गुगल प्ले र आइफोन प्रयोग गर्ने चालकले एप स्टोर मार्फत यमाहाको कनेक्ट एक्स एप डाउनलोड गरी उक्त एप मार्फत आफ्नो मोबाइल फोन स्कुटरमा कनेक्ट गर्न सक्नेछन्।

प्रकाशित: २९ वैशाख २०७९ ०५:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App