१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ग्लोबल र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

ग्लोबल आइएमई बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि औपचारिक रूपमा नेपाल पे क्यूआर सुविधा सुचारु गर्ने सम्झौता भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। 

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणअन्तर्गत बिलर गेटवेको सफल इन्टिग्रेसन गरी आफ्नो मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमा सरकारी तथा अर्ध–सरकारी बिलभुक्तानी, क्रेडिट कार्डको बिलभुक्तानी, बीमाशुल्क भुक्तानी, सेयर कारोबारको भुक्तानीलगायतका विभिन्न भुक्तानीहरू उपलब्ध हुने व्यवस्था गरेको छ। यसका साथै बैंकले नेशनल पेमेन्ट स्वीच अन्तर्गतका नेपाल पे क्यूआर, नेपाल पे इन्सट्यान्ट, नेपाल पे रिक्वेस्ट, लगायतकाअन्य सेवाहरू पनि चाँडै नै उपलब्ध गराउने छ।

सुरक्षित र भरपर्दो माध्यमको रूपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवद्र्धनका लागि ग्लोबल आइएमई बैंकले सम्झैतापत्रमा हस्ताक्षर गरेको जानकारी दिए।

प्रकाशित: २८ वैशाख २०७९ ०२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App