१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

कच्चा पर्दाथमा लागेको भन्सार शुल्क घटाउन माग

पेन्ट उद्योग संघले पेन्टको कच्चा पर्दाथमा लाग्दै आएको अधिकतम भन्सार शुल्क घटाउन माग गरेको छ। संघले राजधानीमा पत्रकार सम्मेलन गरेर बैंकिङ क्षेत्रमा देखिएको तरलता संकट तथा विदेशी मुद्रा सञ्चितिमा आएको ह्रासलाई मध्यनजर गरी आगामी दिनहरूमा तयारी पेन्टको आयातमा सरकारले काउण्टरभेलिङ शुल्क लगाउन सक्ने सम्भावना रहेको आकलन गरेको छ। 

संघले पेन्टका लागी आवश्यक मुख्य कच्चा पदार्थको आयातमा पनि उद्योगहरूले तयारी उत्पादनकै कोडसरहको भन्सार शुल्क बेहोर्नु परेकोमा ध्यानाकर्षण गराएको छ। पानीमा आधारित पेन्ट कुल बिक्रीको लगभग ७५ प्रतिशतको अनुपातमा रहेको र यसमा आवश्यक पर्ने कच्चा पर्दाथ एक्रेलिक पोलिमरको आयातमा सरकारले तोकेको कर बजारमूखी नरहेको समेत संघको ठहर छ।

प्रकाशित: २६ वैशाख २०७९ ०४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App