१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

भारतको बेंगलुरुमा पूर्वाधार निर्माण सम्बन्धी प्रदर्शनी हुँदै

भारतीय उद्योग परिसंघको आयोजनामा भारतको बेंगलुरु सहरमा दक्षिण एसिया स्तरीय पूर्वाधार निर्माण सम्बन्धी एस्कोन प्रदर्शनी हुने भएको छ। 

परिसंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर दक्षिण एसियाकै पूर्वाधार निर्माण क्षेत्रको हेभी इक्युमेन्ट तथा अन्य प्रविधिसम्बन्धी प्रदर्शन आगामी मे १७ देखि २१ तारिख अर्थात (जेष्ठ ३ देखि ७ गतेसम्म) सञ्चालन हुने जानकारी गराएको छ। एक्सकोनका लिडर जयदिप शेखरले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर दक्षिण एसियाली स्तरको अन्र्तराष्ट्रिय पूर्वाधार सम्बन्धित उपकरण तथा अन्य विभिन्न किसिमका टेक्निकल सेसनहरु आयोजना गरिएको जानकारी दिए।

‘हामीले कोभिड १९को उच्चतम सर्तकता अपनाउँदै  ११ औं संस्करणको प्रदर्शनी गर्न लागेका छौं,’ उनले भने,‘सो प्रर्दशनीमा नेपालको तर्फबाट पनि निर्माण क्षेत्र तथा उद्योगी व्यवसायीको सहभागिता उल्लेखनीय हुने अपेक्षा गरेका छौं।’  

यो प्रदर्शनी भारतको बेंगलुरु इन्टरनेशनल एक्जिविसन सेन्टरमा आयोजना गर्न लागिएको हो। आयोजक संस्थाका अनुसार यो प्रदर्शनीमा तीन लाख वर्गमिटर क्षेत्रफलमा गरिनेछ। यो प्रर्दशनीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका एक हजारभन्दा धेरै स्टलहरु राखिनेछन्। त्यस्तै अत्याधुनिक प्रविधिको हस्तान्तरण तथा विभिन्न टेक्निकल सेसनहरु पनि यो प्रदर्शनीमा समावेश गरिएको छ।  

यो प्रदर्शनीको करिव ५० हजारभन्दा धेरैले अवलोकन गर्ने आयोजनाले लक्ष्य राखेको पत्रकार सम्मेलनमा जानकारी गराइयो। एक्सकोनका लिडर शेखरले प्रदर्शनीमा तीन सयभन्दा धेरै प्रोडक्टको शुभारम्भ अर्थात लचिङ गर्ने कार्यक्रम तय गरिएको जानकारी दिए।  

पछिल्लो समय भारतले पूर्वाधार निर्माण क्षेत्रमा अत्यावश्यक पर्ने विभिन्न उपकरण तथा औजारहरु उत्पादन तथा एम्सेम्बल गर्दै आइरहेको छ। भारतीय कम्पनीले उत्पादन गरेका तथा एम्बेम्बल गरेका पूर्वाधार क्षेत्रका उत्पादनहरु नेपाली बजारमा पनि पर्याप्त मात्रामा खपत हुँदै आइराखेका छन्।  

भारतीय कम्पनीले आफ्नो देशमा उत्पादन भएका तथा एसेम्बल गरेका पूर्वाधार सम्बन्धि उपकरणहरुको नेपालमा पनि ठूलो बजार रहदैं आइरहेको छ। आयोजक संस्थाले नेपाली बजारमा पनि उपभोक्ता भएकाले पनि  विगत चारवर्ष देखि प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आइरहेको छ।

सहरी विकास मन्त्री रामकुमारी झाकीँले विश्वका विभिन्न मुलुकका उत्पादन भएका नविनतम् उपकरणहरुको अविष्कारले म्यानुअल कामलाई धेरै हदसम्म सहज र सरल बनाउँदै आइरहेको बताइन्।‘नयाँ नयाँ प्रविधि र उपकरणको अविष्कारले मान्छेले आफैंले गर्नुपर्ने धेरै कामलाई सरल र सहज बनाइदिएको छ,’ उनले भनिन्‘नयाँ प्रविधिको प्रयोग गर्दै निर्माण क्षेत्रले अर्थतन्त्रलाई चलायमान गराउनुपर्ने अहिलेको आवश्यकता भइसकेको छ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको पूर्वाधार क्षेत्रमा लगानी गरेर मात्रै मुलुकको विकास सम्भव हुने बताएका छन्। ‘छिमेकीमुलक भारतमा हुने पूर्वाधार क्षेत्रसँग सम्बन्धित प्रदर्शनीबाट नेपालले धेरै कुरा सिक्ने अवसर प्राप्त गर्नेछ,’ उनले भने ‘भारतमा भएका नयाँ प्रविधिलाई नेपालमा भित्राएर पूर्वाधार क्षेत्रमा भरपुर उपयोग गर्न सकिन्छ।’

महासंघका अध्यक्ष भारतमा हुने पूर्वाधार सम्बन्धि प्रदर्शनीमा नेपालका पनि सरोकारवाला निकाय सहभागि भएर ज्ञान तथा प्रविधिको हस्तान्तरणमा धेरै हदसम्म सहयोग पुग्ने बताए।‘मुलुकको समग्र विकास गराउनको लागि पूर्वाधार क्षेत्रमा लगानी अत्यावश्यक हुने गर्छ,’ उनले भने,‘पूर्वाधार यस्तो क्षेत्र हो। जसले मुलुकको अर्थतन्त्रलाई नै चलायमान गराउने काम गर्छ।’  

कनम्याक नेपालका अध्यक्ष अरविन्दकुमार गर्गले यो प्रदर्शनी दक्षिण एसियाकै दोस्रो ठूलो निर्माण उपकरणसम्बन्धी प्रदर्शनी रहेको बताउँदै निर्माण क्षेत्रसँग सरोकार राख्ने सबै निकाय सहभागिता जनाउनुपर्ने बताए।  

उनका अनुसार यो प्रदर्शनीमा फ्रान्स, जर्मनी, इटली, सिंगापुर,दक्षिण कोरिया, श्रीलंका, टर्की, युएई, संयुक्त अधिराज्य बेलायत, र सयुक्त अधिराज्य अमेरिका लगायतका मुलुकको प्रत्यक्ष सहभागिता जनाउने भएका छन्।

यो सम्मेलन निर्माण व्यवसायी, परामर्शदाता, तथा सप्लायर्स कम्पनी तथा पूर्वाधार निर्माणसँग चासो तथा सद्भाव राख्ने सबैलाईका लागि उपयुक्त हुने आयोजकको भनाई रहेको छ। यसअघि १०औं  सस्करण सभ्य र भब्य ढंगले सम्पन्न भइसकेका छन्। आयोजक संस्थाले सन् २०१९मा दशौं सस्करण आयोजना गरेको थियो। सो संस्करणमा ५६ हजार ९ सय ७८ जनाले अवलोकन गरेको आयोजकले दावी गरेको छ।  

सो प्रदर्शनीमा ११ सय ८९ प्रदर्शनीकर्ताले आफ्नो विभिन्न उपकरण तथा निर्माण सामग्री प्रदर्शनीमा राखेका थिए। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अन्तराष्ट्रिय पूर्वाधार निर्माण सम्बन्धि प्रदर्शनीमा नयाँ–नयाँ उपकरण तथा निर्माण सामग्रीको एउटै थलोमा जानकारी लिन पाइने भएकाले पनि यस्ता खालका प्रदर्शनी धेरै प्रभावकारी हुने बताए। यो प्रर्दशनीमा पूर्वाधार निर्माण सम्बन्धि विभिन्न टेक्निकल सेसनहरु समेत समावेश गरिएको आयोजकले जनाएको छ।

प्रकाशित: ८ वैशाख २०७९ १२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App