२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

घरगोठ बोटबिरुवाको मुआब्जा माग्दै निवेदन दिनेको लर्को

बूढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने घरगोठ बोटबिरुवाको मुआब्जा माग्दै निवेदन दिने स्थानीयको लर्को लागेको छ। चैत २२ गते धादिङ र गोरखाका जिल्ला मुआब्जा निर्धारण समितिले मूल्य तोकेसँगै आयोजना कार्यालयले निवेदन संकलन थालेको हो।

‘अहिले मुआब्जा दाबी गर्नेहरुबाट निवेदन लिने काम भइरहेको छ’ पुनर्वास तथा पुनर्स्थापना इकाइ कार्यालयका प्रमुख जगतकुमार श्रेष्ठले भने। कार्यालयले वडा तहमा पनि आवेदन पठाएर संकलन गरिरहेको उनले बताए। आवेदन बुझाउने संख्याले मुआब्जा लिनका लागि स्थानीय उत्साहित देखिएको आयोजना कार्यालयले जनाएको छ।

वडा कार्यालय र सिधै आयोजना कार्यालयमा पुगेर पनि मुआब्जाको माग फारम भर्नेहरु छन्। डुबान क्षेत्रमा रहेका घरगोठ, बोटबिरुवाको मुआब्जा लिन स्थानीय हतारिएका छन्। वडा कार्यालयमा आवेदन फारम पठाएको आयोजना कार्यालयले वडामै फर्म भरेर पेश गर्न भनेको थियो।

वडामा संकलन भएको निवेदन आयोजना कार्यालयले संकलन पनि गरिरहेको छ। छिटो मुआब्जा पाउने आशमा केहीले सिधै इकाइ कार्यालय सिउरेनीटारमा बुझाएका छन्। इकाई कार्यालयमा विस्थापितहरुको भिडले दुई साता यता अन्य काम प्रभावित बनेको छ। निवेदन संकलन र रुजु गर्ने काम चलिरहेको छ।

‘वडामा पेश गर्दा ढिलो हुने र यहाँ आएर गर्दा छिटो हुने होइन’ इकाइ प्रमुख जगतकुमार श्रेष्ठले भने ‘हामीले वडा तहबाट संकलन भएका फारमलाई पहिलो प्राथमिकता दिनेछौँ।’ मुआब्जा मागको आवेदन दिन बाँकी भएकालाई छिटो पेश गर्न उनले अनुरोध गरे। मुआब्जा सकेसम्म छिटो वितरण गर्ने गरी काम भइरहेको कार्यालयले जनाएको छ।

इकाइ सँग रहेको ६ अर्व भन्दाबढि असार अगावै मुआब्जा वितरण गर्ने तयारीमा कर्यालयको छ। ‘मुआब्जा बितरण गर्न रकम अभाव हुँदैन, केही अपुग भयो भने हामी माग गछौँ’ श्रेष्ठले भने। जिल्ला मुआब्जा समितिले घरगोठको संरचना स्तर अनुसार उत्तम, मध्यम र समान्य गरी दररेट निर्धारण गरेको छ।

पक्की घर, ढुङ्गामाटोको घर, काठ धेरै प्रयोग भएका घरको प्रकृती अनुसार मूल्य फरक छ। बोटबिरुवाको पनि दाउरा, काठको छुट्टाछुट्टै दररेट छ। फलफुल पिच्छे फरक मूल्य तोकिएको छ। यसअघि आयोजना कार्यालयले डुबान क्षेत्रमा पर्ने ब्यक्तिगत जग्गाको मुआब्जा दिइसकेको छ। अहिले सम्म ४० अर्व भन्दाबढि रकम खर्च भएको उर्जा मन्त्रालयले जनाएको छ।

धादिङको साविक गाविस सलाङ, खरी, मैदी, चैनपुर, ज्याम्रुङ, सल्यानटार, सल्यानकोट, आगिन्चोक, मुलपानी, बुढाथुम, बसेरी, मार्पाक, र त्रिपुरेश्वरका वासिन्दाले मुआब्जा पाउने छन्। यसैगरी गोरखाका साविक गाविसहरु घ्याल्चोक, भुम्लिचोक, दर्बुङ, फुजेल, वुङकोट, नामजुङ, बोर्लाङ, धावा, तान्द्राङ, आश्राङ, आरुचनौटे, आरुअर्वाङ, आरुपोखरी र थुमीका वासिन्दालाई पनि मुआब्जा वितरण गरिने छ।

प्रकाशित: ३ वैशाख २०७९ ११:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App