२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

तरलाता अभावको असरः विराटनगर मालपोतको राजस्व घट्यो

भूमिसुधार तथामालपोत कार्यालय मोरङको राजस्व गत वर्षको तुलनामा घटेको छ। गत आर्थिक वर्ष १ अर्ब २४ करोड राजस्व संकलन गरेको विराटनगर मालपोत कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा ६१ करोड ९१ लख रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ।

तरलता अभावका कारण मोरङमा जग्गाको कारोबार घटेका कारण गत वर्षको जतिपनि राजस्व संकलन हुने अवस्था नरहेको भूमि सुधार तथा मालपोत कार्यालय विराटनगरका प्रमुख लोकबहादुर भण्डारीले बताए।

उनकाअनुसार तरलता अभावका कारण बैंकले घर जग्गा खरिदका लागि ऋण दिन छाडेपछि मोरङमा घर जग्गाको कारोबार घटेको छ। व्यवसायिक र ठूलो कारोबारको संख्या लगभग ठप्पको अवस्थामा रहेको भण्डारीले बताए। उनले भने‘ तरलता अभावका कारण घरजग्गा सम्बन्धी ठूला कारोबार ठप्पजस्तै भएको छ।’

गत वर्षको तुलनामा ८ महिनाको संकलनको अवस्थाले विराटनगर मालपोत कार्यालयले चालु आर्थिक वर्षमा गत वर्षको जति नै पनि राजस्व संकलन गर्ने अवस्था नभएको भण्डारीले स्पष्ट पारे। उनले आफू मालपोत कार्यालय मोरङ सरुवा भएर आएको १२ महिनाको अवधिमा १२ वटा काम गरेको जानकारी दिए। उनले पहिलो कामका रुपमा भूमि सुधार र मालपोत कार्यालयको एकिकृत सेवा सुरू गरेको बताए।

विराटनगर मालपोत कर्यालयको कागजपत्रमा बाहिरका मानिसको पहुँच नपुगोस् भन्ने उद्देश्यले हरेक फाँटमा सिसा जडान गरी काउण्टरमा रुपान्तरण गरेको जानकारी दिए। यस्तै गेट नजिक सुरक्षा गार्डको काउन्टर, कार्यालय हाताभित्र मन शान्त पार्कको निर्माण, कार्यालयमा सौन्दर्यीकरण, सेवा ग्राहीको सुविधाका लागि प्रतिक्षालय निर्माण गरेको भण्डारीले बताए।

यस्तै कार्यालयलाई पूर्ण सरसफाई युक्त बनाउने कार्यालय प्राङ्गनमा ब्लक विच्छ्याएको, कार्यालय पछाडि पुरुष र महिला शौचालय निर्माण गरेर मालपोत कार्यालय आउने सेवाग्राहीले अरू कार्यालयको शौचालय चियाउनु पर्ने अवस्था अन्त्य गरेको बताए।

यस्तै सेवाग्राही र कर्मचारीको सुविधाका लागि एसी र पंखा जडान गरेको, कर्मचारीका लागिकार्य विवरण तयार गरी बितरण गरेको, लिलामी प्रकृया अन्तिम चरणमा पुर्‍याएको र संस्थागत सुधारका कामहरू गरेको भण्डारीले बताए।

प्रकाशित: १ वैशाख २०७९ ०८:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App