२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

होटल संघले आयोजना गर्ने सडक महोत्सव बुधबारदेखि, तयारी पूरा

होटल संघ पोखराले नेपाली नया वर्षमा आयोजना गर्ने सडक महोत्सवको अन्तिम तयारीबारे जानकारी गराउँदै आयोजक। तस्बिर: सन्देश/नागरिक

होटल संघ पोखराले आयोजना गर्ने सडक महोत्सव’ बुधबारदेखि पोखरामा सुरु हुँदैछ। नेपाली नयाँ वर्षको अवसरमा होटल संघ पोखराले यसअघि आयोजना गर्दै आएको फेवा नव वर्ष महोत्सवलाई परिमार्जन गरि सडक महोत्सव’को नामबाट गर्ने महोत्सव बुधबारदेखि सुरु हुन लागेको हो। 

पर्यटकीय केन्द्र लेकसाइडमा आयोजना गर्ने सडक महोत्सव’ भोलिदेखि पोखरामा सुरु हुन लागेको हो। महोत्सव आयोजक होटल संघ पोखराले मंगलबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

होटल संघ पोखराले रेष्टुरेण्ट एण्ड बार एशोसियसन अफ नेपाल (रेवान) पोखराकै शैलीमा सडक महोत्सव आयोजना गर्दैछ। रेवान पोखराले हरेक अंग्रेजी नया वर्षमा।।।सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ पोखरा सडक महोत्सव आयोजना गर्दै आएको छ। सोहि थिममा होटल संघ पोखरालेपनि सडकमै खानाका परिकार पस्केर सडकमै नाच्दै, रमाइलो गर्नेगरी महोत्सव आयोजना गरेको छ।

महोत्सवको पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उद्घाटन गर्ने होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए। महोत्सव उद्घाटन अघि लेकसाईडको खहरेचोक र ड्यामसाइड गरेर दुई ठाउँबाट एकैपटक झाँकीसहितको ¥याली निस्किनेछ। दुबैतर्फको ¥याली लेकसाइडको मध्य क्षेत्र अम्बोटमा पुगेर उद्घाटन समारोहमा परिणत हुने संघका अध्यक्ष सुबेदीले जानकारी दिए। उनका अनुसार झाँकीसहितको ¥यालीमा स्थानिय आमा समूह, क्लव, जातिय संघसंस्थादेखि स्थानियको सहभागिता रहनेछ।

बुधबार र बिहीबार हुने महोत्सवका मुख्य आकर्षणका रुपमा विभिन्न खानाका परिकार, विविध सांस्कृतिक झाँकी, ख्याती प्राप्त कलाकार तथा स्थानिय कलाकारहरुको प्रस्तुती, लोकदोहोरी, हास्यव्यङ्ग्य, नृत्य, लाइभ कन्सर्टलगायत रहने जनाइएको छ। लेकसाइडका तीन किलोमिटर क्षेत्रमा रहेका होटलहरुले होटल बाहिर नै निकालेर स्टल राख्नेछन् भने त्यहाँ दर्शकले अवलोकन गर्नुका साथै आफूले चाहेअनुसारको स्वाद लिनेछन्।

महोत्सव हुने दुई दिन अम्बोट र सेन्टर प्वाइन्ट चोकमा दुई वटा ठूला स्टेज बनाएर दिउँसो लोकदोहोरी, हास्यव्यङ्ग्य, नृत्य तथा साँझमा लाइभ पप कन्सर्ट आयोजना गरिनेछन्। त्यस्तै, महोत्सव हुने तीन किलोमिटर क्षेत्रमा पर्ने ६ वटा चौतारीमा पञ्चेबाजा, रत्यौली, भजन, चुड्कालगायतका कार्यक्रम हुने जनाइएको छ।

सडकमा महोत्सव हुने भएकाले लेकसाईडका बाटोमा दुई दिन सवारी आवतजावतमा रोक लगाइने आयोजकले जनाएको छ। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीका अनुसार पूर्वमा सहीदचोक र नारेश्वर क्षेत्रबाटै सवारी प्रवेशमा रोक लगाइनेछ। भित्री बाटोबाट स्थानिय र पर्यटकका गाडीलाई भने आवतजावत गर्न दिइने अध्यक्ष सुबेदीले बताए। आएका सवारी साधनका लागि डिहिकोपाटन, क्याम्पिङचोक र बसुन्धरा पार्कमा पार्किङ क्षेत्र छुट्याइएको छ।

महोत्सवको अवसरमा होटल संघले आफू मातहतका होटलहरुमा ३० प्रतिशत छुट दिने बताएको छ। संघका अध्यक्ष सुबेदीले संघमा आबद्ध होटलहरुबाट छुट दिने व्यवस्था मिलाइएको बताए। उनका अनुसार महोत्सवको अवसरमा स्थानीय अन्नपूर्ण केवलकारले १० प्रतिशत छुट दिने घोषणा गरेको छ।संघले महोत्सव अवधीभरका लागि रात्रीकालीन बस तथा ट्याक्सी सेवा दिने प्रबन्ध मिलाएको जनाएको छ। जस अनुसार रातीसम्मै बस र ट्याक्सीले सेवा दिनेछन्।

होटल संघले यस वर्ष महोत्सवमा टिकट काट्नुपर्ने बाध्यता हटाएको छ। कोभिडका कारण सबै क्षेत्रमा असर परेकाले सहजै प्रवेश पाउने व्यवस्थाका लागि आफूहरुले प्रवेश निःशुल्क गरेको संघका अध्यक्ष सुबेदीले बताए।

लेकसाइडका होटलहरुको अकुपेन्सी २५ प्रतिशत

महोत्सवको अवसरमा पोखराको लेकसाईड क्षेत्रका होटलहरुमा पर्यटक आगमन बढेको छ। कोभिडको पहिलो, दोश्रो र तेश्रो लहरका कारण सुनसान बनेको लेकसाईडमा अहलिे पर्यटकहरुको चहलपहल बाक्लिन थालेको हो। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले हाल आन्तरिक तथा बाह्य दुबै पर्यटक बढेको बताए।

होटल संघ पोखराका अनुसार अहिले पोखराको अकुपेन्सी २५ प्रतिशत पुगेको छ। एक हप्ता अघिसम्म लेकसाइडमा अकुपेन्सी २० प्रतिशत मात्र थियो। अध्यक्ष सुबेदीका अनुसार हाल पोखरा आएका पर्यटक मध्ये तेश्रो मुलुकका ४० प्रतिशत, भारतीय २० प्रतिशत र आन्तरिक पर्यटक ४० प्रतिशत छन्।

महोत्सवको पहिलो दिन बुधबारका लागि लेकसाइडका होटलहरुको क्षमताको आधा अर्थात ५० प्रतिशत होटलका कोठाहरु बुकिङ भइसकेका छन्। बाँकी पनि बुकिङ भएर अकुपेन्सी फुल हुने अपेक्षा गरिएको संघका अध्यक्ष सुबेदीले बताए।

महोत्सवका कारण पर्यटक बढेको होटल संघ पोखराका निवर्तमान अध्यक्ष विकल तुलाचनले बताए। उनका अनुसार महोत्सव अवधीभर होटलको अकुपेन्सी ह्वात्तै बढ्नेछ। पर्यटक आकर्षण गर्न केही न केही गतिविधि चाहिन्छ। महोत्सव त्यसैको एउटा पाटो हो। यसले पर्यटक आगमनमा बृद्धि ल्याउँछ’ उनले भने।

शून्यबाट उठ्न थालेको पर्यटनमा अहिले पर्यटकको आगमन बढेपछि केही राहत महसुस भएको संघका अध्यक्ष सुबेदीले बताए।

प्रकाशित: २९ चैत्र २०७८ १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App