२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपाने सम्मानित

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने मेनेजमेन्ट अफ दि ईएर २०२२ बाट सम्मानित भएका छन्। व्यवस्थापनकर्मीहरूको सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्‍याएको योगदान तथा अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दैे उनलाई सम्मानित गरेको होे।

एक कार्यक्रमका बीच सिईओ न्यौपानेलाई नेपाल व्यवस्थापन संघले पुरस्कार प्रदान गरेको छ। सिईओ न्यौपानेको पाँच वर्षको नेतृत्वमा बैंकले कुल कर्जा करिब ७३ अर्ब रूपैयाँबाट करिब चार गुणाले वृद्धि गरी दुई सय ७४ अर्ब पुर्याउन सफल भएको बैंकले जनाएको छ।

त्यस्तैगरी निक्षेप संकलनतर्फ पनि ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई तीन सय अर्ब पुगेको र बैंकको प्रतिशेयर आम्दानीतर्फ करिब दुई गुणाले वृद्धि भई ४१.४३ रूपैयाँ पुगेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २८ चैत्र २०७८ ०४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App