१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

कामना सेवा बन्यो क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक

कामना सेवा विकास बैंक क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक बनेको छ। समय सापेक्ष ग्राहकहरुको चाहनाअनुसार नविनतम प्रविधिमार्फत सेवाहरु प्रवाह गर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ क्रेडिट कार्ड सेवा समेत शुभारम्भ गरेको छ।

बैंकले हिजाेबाट औपचारिकरुपमा क्रेडिट कार्ड सेवा सुचारु गरि क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैँक हुन सफल भएकोे जानकारी दिएको छ। बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक विश्वेश्वर सुवेदीले संयुक्तरुपमा क्रेडिट कार्ड सेवाको उद्घाटन गरि सेवा शुभारम्भ गरेका हुन्।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतलगायत बैंकका अन्य कर्मचारीहरु तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो। विकास बैंकहरुको माझ नयाँ खालको प्रोडक्टहरु ल्याई ग्राहकहरुको चाहना र आवश्यकताहरु पुरा गर्दै अगाडि बढेको हुँदा नै कामना सेवा उत्कृष्टमध्ये एक विकास बैंक बनेको बैंकका अध्यक्ष आचार्यले बताए।

पोइन्ट अफ सेलमार्फत क्रेडिट कार्ड कारोबार गर्दा कारोबार सुरक्षित रहने, भिजा कार्ड स्वीकार्ने एटिएमबाट नगद झिक्न सकिने, भुक्तानी गर्दा न्यूनतम् नेपाली रूपैयाँ एक हजार रुपैयाँ अथवा जम्मा डेबिट रकमको १० प्रतिशतसम्म झिक्न सकिने, कार्डबाट बस्तु वा सेवा खरिद कारोबार गर्दा न्यूनतम् १५ देखि ४५ दिन सम्म ब्याज नलाग्ने, क्रेडिट कार्ड सीमा नेपाली रूपैयाँ १५ हजारदेखि पाँच लाखसम्म पाउने र नेपाललगायत भारतमा समेत सजिलै प्रयोग गर्न सकिने जस्ता विशेषताहरु कामना सेवा विकास बैंकको क्रेडिट कार्डमा उपलब्ध रहेको जानकारी पनि बैंकले दिएको छ।

प्रकाशित: २२ चैत्र २०७८ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App