८ वैशाख २०८१ शनिबार
अर्थ

मापदण्ड विपरीत ग्रावेल

वीरेन्द्रनगर नगरपालिका–९ मा ठेकेदारले मापदण्ड विपरीत मनपरी गरेको ग्रावेल। तस्बिर: गोविन्द/नागरिक

वीरेन्द्रनगर नगरपालिका–९ स्थित स्याउली बजारदेखि शिव माध्यामिक विद्यालयसम्मको ग्रावेल मापदण्ड विपरीत गरिएको छ। ठेकेदारले मनपरी ठूला ढुङ्गा र माटो सडकमा विछ्याएर माटो हालेर ग्रावेल गरेको हो।

वीरेन्द्रनगर नगरपालिकाले विनोद निर्माण सेवा, एन.एन. जे निर्माण सेवा जेभी सुर्खेत र सडक स्तरोन्नती निर्माण उपभोक्ता समिति स्याउलीबजारदेखि शिव मावी विनपा–९ सुर्खेतको नाममा ग्रावेल मापदण्ड विपरीत भएको भन्दै नयाँ ग्रावेल गर्न पत्राचार गरेको छ।

ठेकेदार र उपभोक्ता समितिले गरेको ग्रावेल सम्झौतामा उल्लेख भएअनुसार छैन। उपभोक्ता र ठेकेदारको एकै सडकका छुट्टाछुटटै काम रहेको नगरपालिकाले जनाएको छ। ग्रावेल गर्दा खोलाबाट ठूला ढुङ्गा उठाएर सडकमा सिधैं विछ्याएर माटो हालेर पेलिएको स्थानीयहरुले बताए।

सडक हिलाम्मे भएर हिड्न नमिल्ने भएको, सुकेको ठाउँमा चर्किएको र ग्रावेल नाममा उपभोक्ता समिति र ठेकेदार मोटाउन खोजेको आरोप स्थानीयको छ। ९ नम्बर वडा कार्यालयकै मिलोमत्तोमा उपभोक्ता र ठेकेदारले नटेरेर जथाभावी सडक ग्रावेल गरेको स्थानीयहरु बताउँछन्। ग्रावेलपछि सडकमा हिड्न समेत मुस्किल छ।

स्याउलीबजारदेखि शिव मावी अन्तरगत प्रज्ञा पाठशालादेखी कल्र्भट क्रसिङसम्म स्तरोन्नती कार्य अन्तरगत गरिएको ग्रावेल बिग्रीएको हुँदा सुधारका लागि प्राविधिकले बारम्बारको निर्देशन, सल्लाह सुझाव विपरीत निर्माण सामाग्री प्रयोग गरी सडकको अवस्था झन् बिग्रीएको र आवत जावत गर्न समेत कठिनाइ भएको अविलम्व  गरिएको ग्रावेल हटाई सम्झौता र स्पेशिफिकेशनमा उल्लेख भएअनुसार ग्रावेल गर्न यदि नगरेर कानुन अनुसार कारबाही गर्ने व्यहोराको पत्र ठेकेदार र उपभोक्ताको नाममा वीरेन्द्रनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले पत्र पठाएका छन्।

‘ग्रावेल बिगारेर पैसा लिन आएका छन्।’ प्रमुख प्रशासकीय अधिृकत नरहरी तिवारीले भने, प्राविधिकले फेरी ग्रावेल गरेको रिपोर्ट नआउन्जेल कुनै पनि भुक्तानी दिदैनौं।’ काम गर्न अँझ बाँकी रहेको र गरेको काम रोक्न भन्दा भन्दै अटेर गरेर ठूलो ढुङ्गा हालेर ग्रावेल बिगारेको वीरेन्द्रनगर नगरपालिकाका अधिकृत छटौं (प्राविधिक) तेजबहादुर शाहीले बताए।

‘ढुङ्गा ठूलो भएर सडक धेरै चर्कीएको छ।’ प्राविधिक शाहीले भने, काम बिग्रिएको छ। सुधारका लागि ठेकेदार र उपभोक्तालाई पत्राचार गरेका छौं।’ नगरबाट १ करोड ३ लाख भ्याटसहित र ८२ लाख उपभोक्ता समितिबाट एउटै सडकका लागि काम सम्झौता गरिएको थियो। 

प्रकाशित: २१ चैत्र २०७८ १०:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App