१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सहकारीको १२ करोड अपचलन काण्डः अदालतद्वारा ५ जना कसुदार ठहर

४५ जनाले पाए सफाई

दुई वर्षदेखि चलेको तौलिहवा स्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको झण्डै १२ करोड रुपैयाँ अपचलन भएको मुद्दामा ५ जना कसुरदार ठहरिएका छन्। अदालतले ३ जना कर्मचारी र २ जना बचत संकलकर्तालाई कसुदार ठहराएको हो। सो मुद्दामा ४५ जनाले भने सफाई पाएको अदालतका श्रेस्तेदार सुमन पाण्डेयले बताए।

अदालतमा २०७६ पुस १२ गते सहकारी समिति र कर्मचारीहरु गरी ५३ जनाविरुद्ध संगठीतरुपमा ठगी गरी अपचलन गरेको, सहकारी रकम हिनामिना र ठगी गरेको तथा संगठीत अपराध मुद्दा चलेको थियो। सहकारीको व्यवस्थापक अभिनाषदेव पाण्डेय, पूर्व व्यवस्थापक निलाभचन्द्रदेव पाण्डेय, कर्मचारी राजेश कान्दु र बचत संकलनकर्ताहरु श्रवणकुमार गुप्ता तेली र सुन्दरकेशव गुप्तालाई अदालतका न्यायाधीश तजेन्द्रप्रसाद सापकोटाको ईजलासले कसुरदार ठहराएको हो।

राजेश, श्रवण र अभिनाष अदालतको आदेशमा यसअघि नै थुनामा रहँदै आएका छन्। सो मुद्दामा थुनामा रहको कर्मचारी राकेशकुमार ठाकुरले भने सफाई पाएका छन्। यस्तै फरार प्रतिवादीहरु ल्क्ष्मी आचार्य, सुनिता अग्रहरी र बिनिता न्यौपानेको हकमा भने मुद्दा मुल्तबी राखिने आदेश भएकौ श्रेस्तेदार पाण्डेयले बताए। तीनै जना विदेश भएकाले अदालतमा हाजिर हुन नसकेको परिवार श्रोतले जनाएको छ। पदाधिकारीहरुको हकमा सहकारी संस्थाको रकम हिनामिना गरे भन्ने बादीको अभियोग पुग्न नसक्ने ठहर गरिएको छ।  

अदालतमा २०६६ साल देखि २०७६ सालसम्मका कार्य समिति उपसमिति कर्मचारीहरुलाई मुद्दा लगाएको थियो। सहकारी ऐन अनुसार चार वर्षदेखि ६ वर्षसम्म कैद र बिगो बमोजिम जरिवाना हुने व्यवस्था छ। कसुरदार ठहरिएका ५ जनालाई ३० दिन भित्र सजाय निर्धारण गरिने फैसलामा भनिएको छ। फैसला कार्यान्वयनका लागि अदातलका तहसिलदार, कपिलवस्तु नगरपालिका सहकारी संस्था हर्ने अधिकारी र बचतकर्ता तर्फबाट संयोजक बनेका शत्रुघनशरण चौधरीले १५÷१५ दिन भित्र सहकारीको सुपरिवेक्षण गर्ने फैसला गरिएको छ।

यस्तै मुद्दा चल्नु् पूर्व रहेका समिति र लेखा समितिलाई एक हप्ता भित्र बिशेष साधारण सभा बोलाउन निर्देशन गरिएको छ। समितिलाई अदालतले बिभिन्न १५ वटा कार्य गर्ने जिम्मेवारी दिएको छ।

प्रकाशित: १५ चैत्र २०७८ १२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App