२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

स्थानीय तहको चुनावमा २ करोड मतपत्र छापिने

निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा २ करोड मतपत्र छाप्ने तयारी गरेको छ।  

बिहिबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता संख्या भन्दा १० देखि १५ प्रतिशत मतपत्र प्रकाशन गरिने जानकारी दिएका छन्।  

मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल प्रक्रिया अघि बढाइएको उनले बताएका छन्।   यस्तै निर्वाचन आचार संहिता कार्यान्वयनका सन्र्दभमा देशका विभिन्न १५ स्थानमा आचार संहिता सचेतना कार्यक्रम सञ्चालन भइरहेको आयोगले जनाएको छ।  

मतदाता नामावली, परिचय पत्र निर्माण सामग्री छपाइका लागि ६ वटा फर्मसँग सम्झौता भएको आयोगले जनाएको छ। यस्तै मतदाता शिक्षाका लागि  र निर्वाचन सामग्री उत्पादनका लागि विभिन्न फर्महरुको आवेदन लिएको र त्यसबारे अध्ययन भइरहेको आयोगले जनाएको छ।

 

 

प्रकाशित: १० चैत्र २०७८ १२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App