१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकको क्षेत्रीय कार्यालय आफ्नै भवनमा

सिद्धार्थ बैंक लिमिटेडले प्रदेश १ विराटनगरस्थित आफ्नै भवनबाट बैंकको प्रदेश १ क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको छ। उक्त भवनको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले गरेका छन्।

विभिन्न वर्गका ग्राहक, व्यापारी तथा उद्योगीमाझ उच्चस्तरीय बैँकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यालयको निर्माण गरिएको बैंकले जनाएको छ। हाल बैंकले चार एक्सटेन्सन काउन्टरसहित १ सय ९० शाखा, दुई सय आठ एटीएम, एक सय १४ शाखारहित बैंकिङ सेवा र १५ सयभन्दा बढी पिओएस मेसिनमार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: १० चैत्र २०७८ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App