नेपालमा तेस्रो क्रेडिट रेटिङ कम्पनी सञ्चालनमा आएको छ। विगत लामो समयदेखि पूर्वाधार तयार गरी क्रेडिट रेटिङ व्यवसाय गर्न आवेदन दिएर प्रतीक्षा सूचीमा रहेको इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले क्रेडिट रेटिङ संस्थाको अनुमतिपत्र प्रदान गरेको हो। योसँगै नेपालमा रेटिङ एजेन्सीको संख्या तीनवटा पुगेको छ।
भारतको प्रतिष्ठित रेटिङ एजेन्सी इन्फोमेरिक्स भ्यालुएसन एन्ड रेटिङ प्रालिको सहायक कम्पनीका रूपमा स्थापित उक्त कम्पनीको चुक्ता पुँजी १० करोड रूपैयाँ रहेको छ। क्रेडिट रेटिङ नियमावली २०६८ अनुसार नेपालमा क्रेडिट रेटिङ कम्पनी स्थापना गर्न विदेशमा रेटिङसम्बन्धी काम गरेको संस्थाको साझेदारी अनिवार्य गरिएको छ। सोही बमोजिम कम्पनीको ५१ प्रतिशत सेयर हिस्सा इन्फोमेरिक्स भ्यालुएसन एन्ड रेटिङ प्रालिको रहेको छ भने बाँकी हिस्सा अन्य स्थानीय साझेदारको रहेको बताइएको छ।
प्रकाशित: ८ चैत्र २०७८ ०५:४१ मंगलबार