२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

आठ सयले बढ्याे सुन

सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, सोमबार सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ तोकिएको छ।

चाँदीको भाउ पनि प्रतितोलमा २० रुपैयाँले बढेको छ। सोमबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ९५ रुपैयाँ निर्धारण भएको छ।

प्रकाशित: ८ चैत्र २०७८ ०५:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App