२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जोनसनको प्रायोजनमा बेबी पेजेन्ट सो हुने

जोनसनको मुख्य प्रायोजनसँगै एभरेस्ट बैक र हिमालय हर्बलको सहप्रायोजनमा बेबी पेजेन्ट सो आयोजना हुने भएको छ। ३ देखि ७ वर्षसम्मका बालबालिकालाई लक्ष्य गरी कार्यक्रम तय भएको छ। ३ देखि साढे ४ वर्षसम्मका बालबालिका र्‍याम्प वाक विथ मदर इभेन्टमा सहभागी गराइने र त्योभन्दा माथि र ७ वर्षभन्दा मुनिका बालबालिका र्‍याम्प वाक र विभिन्न ट्यालेन्ट सोमा सहभागी गराइने कम्पनीले जनाएको छ।

सहभागिताको लागि आकांक्षीले निःशुल्क रूपमा आफ्नो स्थान सुरक्षित गर्न सक्ने बताइएको छ। सबै उमेर समूहका प्रथम विजेताले ५० हजार रूपैयाँ, दोस्रोे र तेस्रोले क्रमशः २५ र १५ हजार रूपैयाँ प्राप्त गर्ने बताइएको छ। 

प्रकाशित: ७ चैत्र २०७८ ००:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App