१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

कपिलवस्तुमा इंकजेट प्रिन्टर प्रविधिबाट काठको गोलयामा नम्बर राख्न सुरु

डिभिजन वन कार्यालय कपिलवस्तुले पहिलो पटक इंकजेट प्रिन्टर प्रविधिबाट काठको गोलयामा नम्बर राख्न सुरु गरेको छ। यसअघि इनामेल पेन्ट र चकले काठको गोलयामा नम्बर लेख्ने गरिएको थियो।

काठको गोलयामा नम्बर राख्नका लागि नेपाल मै पहिलो पटक यो प्रविधि भित्र्याइएको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले बताए। प्रिन्टर मेशीन चिनबाट ल्याइएको हो।   काठका नम्बरिङका लागि प्रति गोटा करिब ८० हजार मूल्यका २ वटा प्रिन्टर मेशीन किनेर ल्याइएको उनले बताए।

‘प्रिन्टरबाट गोलयामा नम्बर राख्दा नम्बर मेटिदैन’ उनले भने ‘काठको गोलिया नम्बर, कुन छपान रुखबाट गोलिया निकालिएको हो जस्ता तथ्यांकहरु पनि यो प्रविधिबाट सजिलै पत्ता लगाउन सकिन्छ’ उनले भने। यसअघि गोलियामा पेन्ट इनामेल र चकले नम्बर लेख्दा मेटिने समस्याले गर्दा निकै गाह्रो हुने गरेको थियो।

‘चक र इनामेलले लेख्दा गोलियामा दीर्घकालसम्म नम्बर रहदैन थियो, मेटिने गथ्र्यो पानीले पुछेर हेर्दा पनि नम्बर स्पष्ट हुन्थेन’ सहायक वन अधिकृत मदन स्यान्डील्यले भने। अहिले भित्र्याइएको प्रिन्टर मेशीनले क्यिु आ कोर्ड समेत थाहा पाउन सकिने उनले बताए।

पेन ड्राइवमा समते डाटा राख्न सकिने, फोटो पनि हाल्न सकिने लगातयका सुविधाले गर्दा निकै सजिलो भएको सहायक वन अधिकृत स्यान्डील्यले बताए। ‘प्रिन्टरले सयमको बचत गर्नुका साथै सुरक्षित समेत बनाएको छ’ उनले भने।

आवश्यक्ता अनुसार हरियो निलो कालो रंगबाट गोलियामा प्रिन्ट गर्न सकिन्छ। एक पटक मसिहाले पछि सो प्रिन्टरले ५ हजार गोलयाको प्रिन्ट गर्ने गर्छ। यसअघि डिभिजन वन कार्यालय कपिलवस्तुले सालको काठको ध्वद पत्ता लगाउने मशीन समेत प्रयोगमा ल्याई सकेको छ।

पाइकेस्टोमीग्राफ नामक मेशीन सालका काठमा रहेका ध्वद पत्ता लगाउने गर्दछ। काठको गोलियाका लागि प्रिन्टर र पाइकेस्टोमीग्राफले काठको गोलिया व्यवस्थानपमा सजिलो भएको प्रमुख सुवेदीले बताए।

प्रकाशित: ५ चैत्र २०७८ ०९:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App