१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एभरेस्ट बैंकका थिमी र काँडाघारीमा शाखा

एभरेस्ट बैंक लिमिटेडले भक्तपुरको थिमी र काठमाडौंको काँडाघारीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। थिमी शाखाको उद्घाटन एभरेस्ट बैंकका सञ्चालक नवीनभक्त श्रेष्ठ र थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका छन्। त्यसैगरी काँडाघारी शाखाको उद्घाटन बैंकका सञ्चालक श्रेष्ठ र कागेश्वरी मनहरा नगरपालिकाका मेयर  कृष्णहरि थापाले संयुक्त रूपमा गरेका छन्।

बैंकले एक सय १२ शाखा सञ्जाल, प्रादेशिक कार्यालय, एक सय ४५ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: ४ चैत्र २०७८ ०२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App