९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

डिजेल र पेट्रोल लिटरमा पाँच रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। डिजेल र पेट्रोलको मूल्य लिटरमा पाँच रुपैयाँ बढाएको हो।  

बुधबार रातीबाट लागू हुने गरी डिजेलको मूल्य लिटरको एक सय ३८ र पेट्रोलको मूल्य लिटरको एक सय ५५ रुपैयाँ पुगेको छ। त्यसैगरी, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ लिटरमा १५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रकि किलोलिटर दुई सय डलर बढेको छ।

आईओसीबाट मूल्य बढेर आए पछि मुल्य वृद्धि गरेको नेपाल आयल निगमका सह–प्रवक्ता पुस्कर कार्कीले बताए। मूल्य वृद्धि गर्दा पनि निगमलाई १५ दिनमा  चार अर्ब ६६ करोड रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।

मूल्य वृद्धि गर्दा भारतको रक्सौलमा भन्दा वीरगन्जमा डिजेल ११ रुपैयाँ ५४ पैसा र पेट्रोल १८ रुपैयाँ ४२ पैसा सस्तो रहेको निगमले जनाएको छ।

प्रकाशित: २ चैत्र २०७८ १६:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App